१ करोड ४९ लाखको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ
मेरोन्यूज
२०८१ चैत १० गते १९:५८

काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं-३१ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-४ बस्ने ४० वर्षीय विजय लम्साल रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लम्साललाई आइतबार काठमाडौं-२ लाजिम्पाटबाट पक्राउ गरेको हव।
खगेन्द्रबहादुर सोपले उनीविरूद्ध बैंकिङ कसुरको मुद्दा दर्ता गराएका थिए। १ करोड ४९ लाख ५० हजार रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा दर्तापछि उनी फरार थिए।
लम्सालको नाममा अन्य प्रहरी कार्यालयहरूमा समेत चार वटा मुद्दा दर्ता छन्।
सम्बन्धित

















Slight increase in gold price
मानव अधिकार संरक्षणका निम्ति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री कार्की
One more Election Policeman dies in Baitadi
गृह मन्त्रालयमा केन्द्रीय सुरक्षा समितिको बैठक
सम्बोधनअघिको दबाबमा ट्रम्प
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
ट्राफिक प्रहरीद्वारा सात महिनामा ७६ लाखभन्दा बढी राजस्व सङ्कलन
सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
प्रतिक्रिया