हुन्डाईको क्रेटा ईभी नेपालमा लञ्च, मूल्य ५१ लाख ९६ हजार

काठमाडौं । हुन्डाईको क्रेटा ईभी नेपालमा सार्वजनिक भएको छ ।
हुन्डाईको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले सोमबार क्रेटा ईभी सार्वजनिक गरेको हो ।

कम्पनीले क्रेटा ईभीको सुरुवाती मूल्य ५१ लाख ९६ हजार रुपैयाँ तोकेको छ । यो कारको टप भेरियन्टको मूल्य ५९ लाख ९६ हजार रहेको छ ।
हुन्डाईको क्रेटा ईभी दुई ब्याट्री प्याकको अप्सनमा उपलब्ध छ । जसमा ४२ किलोवाटआवरको ब्याट्री प्याक अप्सनले ३९० किलोमिटर र ५१.४ किलोवाटआवरको ब्याट्री प्याकले ४७३ किलोमिटर रेन्ज दिन्छ ।
४२ किलोवाटआवरको ब्याट्रीसँग १०० किलोवाटको मोटर छ भने, ५१.४ किलोवाटआवर क्षमताको ब्याट्री प्याक रहेको गाडीमा १२६ किलोवाटको मोटर छ ।
गाडीको ग्राउन्ड किलियरेन्स २०० एमएम छ। यसले ७.९ सेकेन्डमै शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति दिने कम्पनीले जनाएको छ ।
क्रेटा ईभी माइनस ३५ डिग्रीसम्म चल्न सक्ने कम्पनीको दाबी छ ।
११ किलोवाटको स्मार्ट चार्जरबाट फुल चार्ज हुन ४ घण्टा लाग्छ। डिसी फास्ट चार्जरबाट ८० प्रतिशत चार्ज १ घण्टामै हुन्छ। गाडीको ब्याट्रीमा ८ वर्ष वा १ लाख ६० हजारसम्म कुद्ने वारेन्टी रहेको छ।
गाडीमा ८ स्पिकर साउन्ड सिस्टम छन्। भ्यावाई कमान्ड फिचर्स सहित प्यानारोमिक सनरुफ छ। ७० वटा कनेक्टेड फिचर्स छन्। हुन्डाई स्मार्टसेन्स लेभल २ एडास सहित १९ फिचर्स रहेका छन्।
६ एयरब्याग रहेको क्रेटा ईभीमा एबीएस विथ ईबीडी, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इडिन्केटर विथ फ्लास एडजस्टमेन्ट जस्ता सुरक्षा फिचर छन् । टिमरसहितको रियर डिफोगर, अटो होल्डसहितको ईपीबी र एफआर क्यामेरा, राडार र आरआर राडारसहितको एडास फिचर गाडीमा छ ।

गाडीबाहिर सुरक्षा एवं सहजताका लागि राखिएका सुविधामा एलईडी टर्न इन्डिकेटर, एक्टिभ एयर फ्ल्याप, हेलोजन प्रोजेक्सन हेडल्याम्प, एलईडी सिक्वैन्सियल इडिन्केटर छ ।
यस्तै, पडल ल्याम्पविथ एच लोगो प्रोजेक्सन, एलईडी एमआरएफ हेड ल्याम्प, एलईडी डीआरएलएस र एलईडी टेल ल्याम्प जस्ता सुविधा गाडीको एक्सटेरियरमा छन् ।
लक्ष्मी कन्टिनेन्टलले पेट्रोलबाट चल्ने क्रेटा १० हजार युनिटभन्दा धेरै बिक्री गरिसकेको छ । क्रेटा ईभी पनि लोकप्रियताका साथ बिक्री हुने कम्पनीको विश्वास छ ।



















इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
किमजोङ र उनकी छोरीबाट नयाँ पेस्तोल परीक्षण
नाडा निर्वाचनसम्बन्धी रिट अदालतद्वारा खारेज, नयाँ कार्यसमितिको शपथ ग्रहणको बाटो खुल्यो
कञ्चनपुरमा नाबालिका बलात्कार आरोपमा २ जना पक्राउ
प्रतिकूल मौसमका कारण रेसुङ्गा विमानस्थलमा उडान प्रभावित
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया