भारतमा सांसदको तलबमा २४% ले वृद्धि, अब मासिक २ लाख भन्दा बढी

नयाँदिल्ली, १२ चैत । भारत सरकारले सांसदहरुको तलबमा २४ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको छ ।
संसदीय मामिला मन्त्रालयले सोमबार जारी गरेको सूचनाअनुसार अब प्रत्येक सांसदले मासिक १ लाख २४ हजार भारतीय रुपैयाँ अर्थात १ लाख ९८ हजार नेपाली रूपैयाँबराबर तलब पाउने भएका छन् । यो तलब अप्रिल १ वाट लागु हुनेछ ।
यसका साथै सांसदलाई दिँदै आएको दैनिक भत्ता र पूर्व सांसदको पेन्सनमा पनि संशोधन गरिएको छ । र, अब सांसदहरू दैनिक भत्ता २ हजार देखी २५०० भारतीय रूपैयाँसम्म बढाइएको छ। जसअनुसार प्रत्येक सांसदकाे तलब अब मासिक २ लाख नेपाली रूपैयाँ भन्दा बढी हुने भएकाे छ ।
उता, पूर्व सांसदहरूको पेन्सन प्रति महिना २५ सयबाट बढाएर ३१ सय भारतीय रूपैयाँ गरिएको छ भने अतिरिक्त निवृत्तिभरणमा पाँच वर्षभन्दा बढी सेवा गरेका पूर्व सांसदहरूले अब प्रत्येक अतिरिक्त वर्षको लागि प्रति महिना २५०० भारतीय रूपैँया पाउने छन भने जुन पहिले २ हजार भारतीय रूपैयाँ मात्रै रहेको थियो।
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया