रुसद्वारा ‘अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलसहितको’ सैन्य अभ्यास सुरु
मेरोन्यूज
२०८१ चैत ११ गते १२:४६

रुसी सेनाले अन्तरमहाद्वीपीय ब्यालेस्टिक मिसाइलहरू समावेश गरेको सैन्य अभ्यास सुरु गरेको रुसी रक्षा मन्त्रालयले घोषणा गरेको छ ।
अभ्यासमा रूसको रणनीतिक रकेट निर्धारित प्रशिक्षण अभ्यासको एक हिस्साका रूपमा आणविक मिसाइल लन्चरहरू फिल्ड साइटहरूमा तैनाथ गरिने मन्त्रालयलाई उद्धृत गर्दै तास समाचार एजेन्सीले जनाएको छ ।
एजेन्सीका अनुसार ‘सेभरडलोभस्क र अल्टिया’ क्षेत्रहरूमा कमान्ड र स्टाफ अभ्यास सञ्चालन गर्ने निर्धारित गरिएको छ । यसमा ‘यार्स अन्तरमहाद्वीपीय’ ब्यालेस्टिक मिसाइल हस्तान्तरण गरिनेछ ।
सैन्य एकाइहरूले अभ्यासका क्रममा इन्जिनियरिङ सहयोग, विकिरण, रासायनिक र जैविक सुरक्षा कार्यहरू पनि गर्ने जनाइएको छ ।
‘यार्स’ मिसाइल आणविक हतियार बोक्न सक्षम भएको र यसलाई ढुवानी गर्न वा भूमिगत मिसाइल लन्चरहरूमा राख्न सकिने उल्लेख गरिएको छ ।
सम्बन्धित
















सात वर्षीय बालकले राखे कीर्तिमान
इरान–अमेरिका तनावबीच मस्को दौडधुप
Man killed in wild boar attack
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
साँखुमा गोली चल्यो
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया