मध्यरातदेखि गाजामा इजरायली हमलामा १४ जनाको मृत्यु

गाजा सिटी । इजरायलको पछिल्लो आक्रमणको एक साता बितिसकेको अवस्थामा गाजाको नागरिक सुरक्षाले मङ्गलबार युद्धग्रस्त प्यालेस्टिनी क्षेत्रमा इजरायली आक्रमणमा मध्यरातदेखि १४ जनाको मृत्यु भएको बताएको छ ।
इजरायली विमानले गाजामा २० भन्दा बढी आक्रमण गरेको र महिला तथा बालबालिका सहित कम्तीमा १४ जनाको मृत्यु भएको प्रवक्ता महमुद बासलले बताए ।
उनले गाजा सहरको जैतुन छिमेकमा बिहानको आक्रमणमा पाँच जनाको मृत्यु भएको र १२ जना घाइते भएको तथा खान युनिसको दक्षिणी क्षेत्रमा भएको आक्रमणमा एक दम्पती र उनीहरूका तीन सन्तानसहित नौ जनाको मृत्यु भएको बताए ।
एएफपीले मङ्गलबार सम्पर्क गर्दा सेनाले गाजामा मध्यरातमा आक्रमण गरेको पुष्टि गर्दै ‘आतङ्कवाद विरोधी’ कार्यवाहीको हिस्सा भएको स्पष्ट पारेको छ । प्यालेस्टिनी लडाकू समूह हमाससँगको युद्धविराम विस्तार गर्ने वार्तामा गतिरोध भएपछि इजरायलले एक हप्ताअघि गाजाभर तीव्र हवाई आक्रमणहरू पुनः सुरु गरेको थियो ।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले सोमबार मार्च १८ मा इजरायलले पुनः बमबारी सुरु गरेदेखि सात सय ३० जनाको मृत्यु भएको बताएको छ । सोमबार बेलुकी इजरायली सैन्य प्रवक्ता अभिचाय अद्राईले जाबालिया उत्तरी क्षेत्रमा आक्रमणअघि खाली गराउने चेतावनी जारी गरेका थिए ।
‘आतङ्कवादी सङ्गठनहरू फेरि एक पटक फर्किँदै छन् र जनसङ्ख्या भएका क्षेत्रहरूबाट रकेट प्रहार गरिरहेका छन्’ आफ्नो सुरक्षाका लागि, तुरुन्तै ज्ञात आश्रयहरूतर्फ दक्षिणतिर जाउ’, अद्राईले उत्तरी सहरहरू बेत लाहिया र बेत हानुनका लागि यस्तो चेतावनी जारी गर्दै सामाजिक सञ्जाल एक्समा भनेका छन् ।
नागरिक सुरक्षाका प्रवक्ता बासलले बेत हानुन र बेत लाहियाका साथै खान युनिस क्षेत्रमा तोप प्रहार भएको जानकारी दिए । सोमबार साँझ इजरायली सेनाले गाजाबाट प्रक्षेपण गरिएका तीनवटा ‘क्षेपास्त्रहरू’ रोकेको दावी गरेको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
प्रतिक्रिया