संसदमा विचाराधीन विधेयकलाई शीघ्र टुंगाेमा पुर्याउने सत्तापक्षीय दलको निर्णय
मेरोन्यूज
२०८१ चैत ११ गते १९:०६

काठमाडौँ । सत्तापक्षीय दलहरुले संसद्मा विचारधीन विधेयकलाई यथाशीघ्र टुंगाेमा पुर्याउने निर्णय गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटरमा आज बसेको सत्ता पक्ष दलका शीर्ष नेताको बैठकमा संसद्मा विचारधीन विधेयकलाई चाँडै अघि बढाउने विषयमा छलफल भएको बैठकमा सहभागी श्रम, रोजगार तथा सामाजिकमन्त्री शरतसिंह भण्डारीले जानकारी दिए।
बैठकमा भूमिसम्बन्धी अध्यादेशमा राजनीतिक सहमति जुटाउनेलगायत समसामायिक विषयमा छलफल भएको उनले बताए ।
बैठकमा प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादी पार्टीका अध्यक्ष अशोक राई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलगायत उपस्थित थिए।
सम्बन्धित

















Deaths in Iran’s crackdown on protests reach more than 7,000, activists say
मुलुकलाई लयमा फर्काउने एकमात्र माध्यम निर्वाचन: कावा प्रमुख निर्वाचन आयुक्त भण्डारी
महाशिवरात्रि विशेषः बाग्मती नदीको बहाव बढाउन धापड्यामबाट पानी छाडियो
विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा
Memories of People’s War become refreshed: NCP Coordinator Dahal
रामेछाप बस दुर्घटना : मृतक १० जनाको पहिचान खुल्यो (नामसहित)
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, चालक नियन्त्रणमा
टी-२० विश्वकपमा पाकिस्तानकाे दोस्रो जित,अमेरिका ३२ रनले पराजित
रास्वपाका कपिलवस्तु संगठन प्रमुख भट्टराई पक्राउ
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया