श्रमिकको पारिश्रमिक बढ्यो, अब महिनामा १५ हजार रुपैयाँ पाउने
मेरोन्यूज
२०७८ वैशाख १८ गते १४:२१

काठमाडौँ । १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि भएको छ । सरकारले श्रमिकहरूको न्यूनतम पारिश्रमिक बढाएर न्यूनतम १५ हजार रुपैयाँ बनाएको हो । यसअघि नेपाली श्रम बजारमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४५० रुपैयाँ थियो ।
श्रम दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको आधारभूत पारिश्रमिक बढेको घोषणा गरेका हुन् । उनले आगामी दिनमा मासिक रुपमा मात्र नभई दैनिक र घण्टामा काम गर्ने श्रमिकले समेत बढेको स्केलअनुसार पारिश्रमिक पाउने बताए ।
प्रधानमन्त्री ओलीका अनुुसार अब दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकले दैनिक ५ सय ७७ रुपैयाँ पाउँछन् । त्यस्तै, अब श्रमिकले प्रतिघण्टा ७७ रुपैयाँ पाउने छन् ।
यद्यपि बढाइएको पारिश्रमिक आउँदो आर्थिक वर्षदेखि मात्र लागू हुने सरकारले जनाएको छ ।
सम्बन्धित
















आईसीसी टी–२० विश्वकप : आज सेमिफाइनल पुगिसकेको इंग्ल्यान्ड र संघर्षमा रहेको न्युजिल्यान्ड भिड्दै
यस्ताे छ आज दिनभरकाे माैसम पूर्वानुमान
आज २०८२ साल फागुन १५ गते शुक्रबारको राशिफल
क्रिकेटर करण केसीले गरे बिहे
इटहरीवासीलाई बालेनले साेधे – तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’
मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
सुरक्षा खतराको कारण घर छाडेका अष्ट्रेलियाका प्रधानमन्त्री निवासमा फिर्ता
साम्बाले भनिन् – उपचारखर्च जुटिसक्यो, सहयोग रोक्नुस्
प्रतिक्रिया