आईपीएल : श्रेयास ऐयारको कप्तानी पारीमा पञ्जाब विजयी, गुजरात ११ रनले पराजित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार अर्को हाइ स्कोरिङ खेलमा पन्जाब किङ्सले गुजरात टाइटनलाई ११ रनले हराएको छ। सुरुमा ब्याटिङ गरेको पञ्जाबका लागि कप्तान श्रेयास ऐयारले कप्तानी पारी खेलेका हुन्। उनले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनी शतकका लागि मात्र तीन रनले चुके। सुरुमा ब्याटिङ गरेको पञ्जाबले दिएको २४४ रनको लक्ष्य पछ्याएको गुजरात २३२ रनमा समेटिएको हो।
२४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाउँदै २३२ रन मात्र जोड्दा पञ्जाब ११ रनले विजयी भयो। गुजरातका साइ सुदर्शनले ४१ बलमा ७४ रन र कप्तान शुभमन गिल १४ बलमा ३३ रन जोडेर आउट भएका थिए ।
सेफन रुदरफोर्डले २८ बलमा ४६ रन जोडे। जोस बटलरले ३३ बलमा ५४ रन जोडे। आर्सदीप सिंहले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिए।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेटको क्षतिमा २४३ रन जोडेको थियो। पञ्जाबका लागि कप्तान ऐयारले अविजित रहँदै ४२ बलमा ९७ रन जोडे। उनको पारीमा ५ चौका र ९ छक्का समावेश थियो।
यसैगरी पञ्जाबका लागि शशांक सिंहले नटआउट १६ बलमा ४४ रन जोडे। उनको पारीमा ६ चौका र २ छक्का समावेश थियो। यसअघि प्रियांश आर्यले पारीको सुरुवात गर्दै २३ बलमा ४७ रन जोडेका थिए। गुजरातका साइ किशोरले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए।
यो खेलसँगै आईपीएल यो जितको पहिलो खेल सबै टिमले खेलिसकेका छन्। पहिलो खेलमा सनराइजर्स हैदरावाद, रोयल च्यालेन्जर्स बैंग्लोरु, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र पञ्जाब किंग्स विजयी हुँदा गुजरात टाइटन, लखनउ सुपर जाइन्ट्स, मुम्बई इन्डियन्स, कोलकोत्ता किंग्स राइडर्स र राजस्थान रोयल्सले पराजयबाट खेलको सुरुवात गरेका छन्।









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया