दक्षिण कोरियामा आगो निभाइरहेकाे हेलिकप्टर दुर्घटना, चालकको मृत्यु

बुधबार दक्षिण कोरियाको दक्षिणपूर्वी क्षेत्रमा आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटना भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
योन्हाप न्युज एजेन्सीका अनुसार आगो निभाउने क्रममा हेलिकप्टर दुर्घटनाग्रस्त भएको र यसका चालकको मृत्यु भएको छ ।
राजधानी सियोलबाट करिब १८० किलोमिटर दक्षिणपूर्वको उइसोङको पहाडमा जङ्गलमा लागेको डढेलोे निभाउने क्रममा स्थानीय समय अनुसार दिउसो करीव १२ः५४ मा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।
दक्षिण कोरियाको जङ्गलमा लागेको डढेलोका बुधबार मध्यान्नसम्ममा कम्तीमा १८ जनाको मृत्यु भएको एक जना वेपत्ता भएको वन सेवा अधिकारीहरूलाई उद्धृत गर्दै योन्हापले जनाएको छ ।
एजेन्सीका अनुसार गत शुक्रबार दक्षिण ग्योङगसाङ प्रान्तको सान्चेओङ काउन्टीबाट सुरु भएको आगो उइसोङसम्म फैलिएको छ । तीव्र हावाका कारण डढेलो अन्डोङ, चेओङसोङ, येओङयाङ र येओङडुयोेकतर्फ अघि बढिरहेको र जङ्गलको छेउछाउका वस्ती जोखिममा परिरहेका छन् ।
गत शुक्रबारदेखि यस क्षेत्रमा आगलागी नियन्त्रणका लागि दर्जनौँ हेलिकप्टर तथा हजारौँ अग्नि नियन्त्रकहरू तैनाथ गरिएको छ भने करिब पाँच हजार सैनिक र १४६ हेलिकप्टर पठाइएको छ ।











लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
तनहुँमा ५९ हजार कुखुराको बिमा
आज त्रिविको ५१ औँ दीक्षान्त समारोह, प्रमुख अतिथिमा नोबेल पुरस्कार विजेता
आज क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा ‘क्रिसमस डे’ मनाउँदै
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया