काभ्रेमा आईतबार मध्यरातिदेखि निषेधाज्ञा जारी
मेरोन्यूज
२०७८ वैशाख १८ गते १५:२३

काठमाडौं । काभ्रेमा आईतबार मध्यरातिदेखि लागुहुने गरी निषेधाज्ञा जारी गरिएको छ । शनिबार सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेले १९ गते आइतबार मध्यरातिबाट २६ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा घोषणा गरेको हो ।
सार्वजनिक तथा निजी सवारी पनि अरनिको रागमार्गको साँगादेखि बनेपा, धुलिखेल, पाँचखाल हुँदै दोलालघाटसम्म सडकको दायाबायाँ ५०० मिटरसम्म सञ्चालन गर्न पाइने छैन । बनेपा–तीनदोबाटो–नाला सडक तथा बनेपा–पनौती–खोपासी सडकको दायाबायाँ ५०० मिटरसम्म तथा बीपी राजमार्गको धुलिखेलदेखि भकुण्डेबेंसी हुँदै मंगलटारसम्म सडकको दायाबायाँ २०० मिटरसम्म सवारी सञ्चालन गर्न पाइने छैन ।
अत्यावश्यक क्षेत्रलाई भने रोक लगाइएको छैन । अत्यावश्यक काममाबाहेक हिंडडुल गर्न रोक लगाइएको छ ।
सम्बन्धित













दाङस्थित इलाका प्रहरी कार्यालय तुलसीपुरको हिरासतमा रहेका एक थुनुवाको मृत्यु
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
गाजामा युद्धविरामपछि पनि इजरायली आक्रमणबाट सय भन्दा बढी बालबालिकाको मृत्यु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
कांग्रेस विशेष महाधिवेशनको कार्यविधि पारित
प्रतिक्रिया