सरकारको निर्णयविरूद्ध सर्वोच्च गए कुलमान, हितेन्द्रदेव पनि पुगे

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् ।
घिसिङले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन् । तर, रिट भने दर्ता भएको छैन । बुधबार समय नपुगेकाले रिट दर्ता नभएको सर्वोच्च स्रोतले जनाएको छ ।
कुलमान सर्वोच्च गएलगत्तै नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पनि पुगेका छन् । उनी भने आफ्नो पुरानो रिट छिट्टै टुंग्याउन माग गर्दै अर्को रिट लिएर सर्वोच्च अदालत पुगेका हुन् ।
२०७७ मा तत्कालीन ओली सरकारको पालामा शाक्य कार्यकारी निर्देशक नियुक्त भएका थिए ।
तर, कांग्रेस सभापति शेरबहादुर देउवा सरकारको नेतृत्वमा आएपछि उनलाई हटाएर २०७८ मा कुलमानलाई दोस्रो कार्यकालका लागि कार्यकारी निर्देशक नियुक्त गरिएको थियो । त्यसपछि शाक्य सर्वोच्च पुगेका थिए । तर, ४ वर्ष बितिसक्दा पनि सो रिटको टुंगो लागेको छैन ।















आजदेखि क्रमिक रूपमा तुवाँलो हट्ने
तेल सङ्कटले एसियामा तनाव
Two girls found dead on riverbank, one missing, believed swept away
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
पर्साबाट २ सय १३ किलो गाँजा बरामद
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
रास्वपाको चुनावी वाचापत्रमा यस्ता छन् आर्थिक सुधारका ‘एजेन्डा’
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
प्रधानमन्त्री कार्कीले गरिन् युएईका राष्ट्रपतिसँग टेलिफोन संवाद
प्रतिक्रिया