मदनकृष्णले भने, ‘कुलमान हटाएकोमा जनता खुसी छैनन् है सरकार ’

काठमाडौं । प्रसिद्द कलाकार मदनकृष्ण श्रेष्ठले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टी जाहेर गरेका छन् ।
उनले कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको पनि उल्लेख गरेका छन् ।
‘एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोडसेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’
उनी अगाडी लेख्छन, ‘हरेक लक्षमी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने बिषेश नाम ‘कुलमान घिसिङ’, लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय बन्न सफल ब्यक्ती हुन् – ‘कुल मान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’
हालै केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको स्थानमा गितेन्द्रदेव शाक्यलाइ नियुक्ति गरेकोमा चौतर्फी बिरोध भइरहेको बेला श्रेष्ठले सरकारलाइ झकझकाउँदै भनेका छन्, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार, पटक्कै खुशी छैनन् ।’













खासा क्षेत्रको वनमा भीषण डढेलो लागेपछि तातोपानी नाका बन्द
६५ ले दिए समानुपातिक उम्मेदवारी फिर्ताको निवेदन
सुदूरपश्चिममा २० हजार ७२७ प्रहरी परिचालन गरिने
इरान वार्ता र युद्ध दुवैका लागि तयार छ : विदेशमन्त्री
निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा
भद्रपुरमा इन्डो–नेपाल टी–२० क्रिक्रेट च्याम्पियनसिप
पुस २६ गते शनिबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने
प्रतिक्रिया