बुधबार, चैत १८, २०८२

मदनकृष्णले भने, ‘कुलमान हटाएकोमा जनता खुसी छैनन् है सरकार ’

मेरोन्यूज २०८१ चैत १३ गते ११:२५

काठमाडौं । प्रसिद्द कलाकार मदनकृष्ण श्रेष्ठले विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिङलाई हटाएकोमा असन्तुष्टी जाहेर गरेका छन् ।
 
उनले कुलमान हटाउने सरकारको निर्णयले जनता खुसी नभएको पनि उल्लेख गरेका छन् ।
 
‘एउटा समारोहमा माईकमा बोल्दै थिएँ बोल्दा बोल्दै आवाज बन्द भयो । बतीहरू सबै निभे । लोडसेडिङ भएको थिएन टुपिनको तार मात्र छुटेको रहेछ । एक छिन तार मात्र छुटेर बत्ति निभ्दा पनि सबैले कुलमान घिसिङको नाम लिएका थिए,’ उनले सामाजिक सञ्जालमा लेखेका छन, ‘एकै मिनेट बत्ति निभ्दा पनि सबैले सम्झिने नाम– कुलमान घिसिङ ।’

Advertisement
nepal life insurencenepal life insurence

उनी अगाडी लेख्छन, ‘हरेक लक्षमी पूजाको दिनमा घर घरमा झलमल्ल बत्ति बलेको देख्दा सम्झिने बिषेश नाम ‘कुलमान घिसिङ’, लोड सेडिङ जस्तो अलोकप्रिय बिषयलाई हटाएर लोकप्रिय  बन्न सफल ब्यक्ती हुन् – ‘कुल मान घिसिङ’, उनले कुलमान सम्झिदै लेखेका छन, ‘नेपालको अँध्यारो रातहरुलाई उज्यालो रात  बनाउने ऐतिहासिक नाम हो त, ‘कुलमान घिसिङ’ ।’
 
हालै केपी शर्मा ओलीले घिसिङलाई हटाएर उनको स्थानमा गितेन्द्रदेव शाक्यलाइ नियुक्ति गरेकोमा चौतर्फी बिरोध भइरहेको बेला श्रेष्ठले सरकारलाइ झकझकाउँदै भनेका छन्, ‘कुलमान घिसिङजीलाई समय नपुग्दै पदबाट हटाएकोमा जनता खुशी छैनन् है सरकार,  पटक्कै खुशी छैनन् ।’

प्रतिक्रिया