प्रधानमन्त्री कपको फाइनलमा पुलिस र आर्मी बिच भिडन्त हुने

काठमाडौं। नेपाल पुलिस क्लबले पहिलो हार ब्योहोरेको छ ।
प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगितामा पुलिसले पहिलो हार ब्योहोरेको हो ।
आज भएको दुइ विभागीय टोलीको खेलमा नेपाल पुलिस क्लबलाई ४ विकेटले पराजित गर्दै त्रिभुवन आर्मी क्लब पनि फाइनलमा प्रवेश गरेको छ । लगातार सातौं जीत हासिल गरेको पुलिस एक खेल अगावै फाइनलमा पुगिसकेको छ ।
भैरहवाको एक्ट्रटेक ओभलमा पुलिसले प्रस्तुत गरेको १४९ रनको लक्ष्य आर्मीले ४१ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको थियो । आर्मीका लागि विवेक यादवले अविजित ४१, तृतराज दासले २५, भीम सार्कीले २३, सन्तोष कार्कीले २२, कप्तान विनोद भण्डारीले अविजित १३ र बसिर अहमदले १२ रज बनाउन सफल भए ।
पुलिसका लागि ललितनारायण राजवंशीले ४ तथा कप्तान दीपेन्द्रसिंह ऐरी र करण केसीले समान एक एक विकेट लिएका थिए । त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४१.४ ओभरमा सबै विकेट गुमाउँदै १४८ रनको योगफल तयार पारेको थियो ।
जितसँगै आर्मीले ९ खेलमा १६ अंक जोड्यो । पहिलो पराजय बेहोरेको पुलिसको पनि समान खेलबाट १६ अंक नै रहेकाे छ । सामान अंक भए पनि नेट रनरेटका आधारमा पुलिस शीर्ष र आर्मी दोस्रो स्थानमा रहँदै फाइनल पुगेका हुन् ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना
प्रतिक्रिया