२ अर्ब बराबर अनलाइन जुवा खेलाउने ११ भारतीय नागरिक पक्राउ

काठमाडौं। अनलाइन जुवा (सट्टाबाजी) खेल्ने र खेलाउने तथा अभौतिक मुद्राको कारोबार गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ११ जना भारतीय पक्राउ परेका छन् ।
बुढानिलकण्ठ नगरपालिका–३ देउला टोल बस्ने भारत राजस्थान प्रदेश जयपुर घर भएका २४ वर्षीय सनी मिणासमेत ११ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको हो ।
बुढानिलकण्ठ नगरपालिका–३ देउला टोलस्थित घर भाडामा लिई भारतीय नागरिकहरूले अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरिरहेको भन्ने सूचना प्राप्त हुनासाथ जिल्ला प्रहरी परिसर काठमाडौं समेतबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न ११ जना भारतीयहरूलाई पक्राउ गरेको जनाइएको छ ।
प्रहरीले उनीहरूको साथबाट मोबाइल ३४ थान, ल्यापटप ५ थान, भारतीय बैंक खाताको चेक बुक १४ थान, भारतीय एटिएम कार्ड २७ थान र भारतीय सिमकार्ड ४० थान समेत बरामद गरेको छ ।
साथै, उनीहरूले हाल सम्म २ अर्ब भन्दा बढी रकमको कारोबार हुनेगरी अनलाइन जुवा खेल्ने र खेलाउने कार्य गरेको र ९६ लाख ३३ हजार रूपैयाँ भन्दा बढी रकम अभौतिक मुद्राको कारोबार समेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
उनीहरू उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिइ यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया