समाजवादी प्रेस संगठनद्वारा पत्रकार सुरक्षाको प्रबन्ध गर्न माग

काठमाडौं । समाजवादी प्रेस संगठनले पत्रकार सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न माग गरेको छ । संगठनले एक विज्ञप्ती जारी गर्दै शान्तिपूर्ण प्रदर्शनका नाममा विभिन्न सञ्चारगृह, सर्वसाधारण नागरिकका घर, व्यवसायिक भवन, राजनीतिक दलका कार्यालय, सरकारी भवनमा गरिएको आगजनी, आक्रमण, लुटपाटको पनि निन्दा गरेको छ ।
संगठनका महासचिव रोहित दाहालले हस्ताक्षर गरेको विज्ञप्तीमा अराजक र उद्दण्ड समूहले समाचार संम्प्रेषणका लागि फिल्डमा खटिएका कतिपय पत्रकारलाई आक्रमण गरी घाइते बनाएको उल्लेख गरिएको छ ।
तीनकुनेमा नागरिकको घरमा गरेको आगजनीमा परी रिपोर्टिङको क्रममा एभिन्यूज टेलिभिजनमा कार्यरत फोटो पत्रकार सुरेज रजकको निधन भएको घटनामा सिङ्गो संगठन मर्माहत भएको संगठनले बताएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र लोकतन्त्रका मूल्य मान्यता विपरित कुनै पनि हर्कत हाम्रो संगठनलाई सह्य हुने छैन । यस्ता हर्कत गर्ने जोकोहीलाई पनि कडाभन्दा कडा कारवाही गर्न र पत्रकारको सुरक्षाका लागि प्रभावकारी प्रबन्ध गर्न हाम्रो संगठन सरकारसँग जोडदार माग गर्दछ ।’















गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
विप्लव माओवादी र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाबीच चार बुँदे सहमति
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
समाजमा शान्ति, सहिष्णुता, सद्भाव र राष्ट्रिय एकता कायम गर्न सबैले सक्रिय भूमिका खेल्नुपर्छ : प्रधानमन्त्री कार्की
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस २९ गते मंगलबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
प्रतिक्रिया