शनिबार, वैशाख २६, २०८३

ज्ञानेन्द्र शाहमाथि तत्काल कारबाही होस्: माओवादी सांसद् शर्मा

मेरोन्यूज २०८१ चैत १७ गते १३:२६

काठमाडौं । नेकपा माओवादी केन्द्रले पूर्वराजा ज्ञानेन्द्र शाह कानूनभन्दा माथि नरहेकाले कारबाही गर्न सरकारसँग माग गरेको छ।

Advertisement
NiccNicc

सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी सांसद् रेखा शर्माले पूर्वराजाकै उक्साहटमा १५ गतेको घटना भएको दाबी गरिन्।

‘त्यो हिंसात्मक आन्दोलनका कथित कमाण्डर दुर्गा प्रसाइँ भए पनि पर्दा पछाडि ज्ञानेन्द्र शाह छन्,’ उनले भनिन्, ‘अपराध गर्नेलाई सरकारले कारबाही गर्नुपर्छ। संविधानमाथि कोही छैन। ज्ञानेन्द्र र दुर्गा प्रसाइँलाई सरकारले तुरुन्तै कानुनी कारबाहीको दायरामा ल्याओस्।’

सांसद् रेखाले अहिले व्यवस्थाबारे कुनै बहस गर्ने बेला नभएको भन्दै यही व्यवस्थालाई थप सुदृढ गर्न आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।

प्रतिक्रिया