एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने
मेरोन्यूज
२०८१ चैत १८ गते १४:४५

काठमाडौं ।विभागीय टोली नेपाल एपिएफ क्लबले २०८१ सालमा उत्कृष्ट प्रदर्शन गर्ने आफ्ना खेलाडी, प्रशिक्षक र खेलकर्मीलाई सम्मान गर्ने भएको छ ।
आगामी शुक्रबार हुने अवार्ड कार्यक्रममा वर्ष पुरुष र महिला खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयर, लाइफ टाइम अचिभमेन्ट, स्पेसल अवार्ड गरि ८ विधा समावेश गरि पुरूष्कृत गर्न लागेको हो ।
हलचोकस्थित कृष्णमोहन स्मृति भवनमा हुने कार्यक्रमका अवसरमा एपिएफका पूर्व खेलाडी तथा प्रशिक्षकलाई सम्मान गरिने एपिएफले जनाएको छ ।
यस्तै क्लबले खेलाडीलाई एपिएफ आइजी ‘कमेन्डेसन अवार्ड’ पनि प्रदान गर्ने भएको छ ।
वर्ष पुरुष महिला र खेलाडी, युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट टिम, मोस्ट पपुलर प्लेयरका विजेताले जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया