गुणराजले अस्ट्रेलियाको लिजेन्ड्स एकेडेमीमा प्रशिक्षण दिने

काठमाडौं। नेपाली मुवाँथाई खेलाडी गुणराज रुचालले अस्ट्रेलियाको पर्थस्थित लिजेन्ड्स एकेडेमीमा प्रशिक्षणको अवसर पाएका छन् । त्यसका लागि उनी मंगलबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।
‘खेलाडीका रुपमा मैले थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता खेले । पदक पनि जिते । अब प्रशिक्षकका रुपमा नयाँ अध्याय सुरु गर्दै छु । त्यो पनि विदेशी भूमिमा । मलाई यो अवसर प्रदान गर्नु भएकोमा एकेडेमीका प्रबन्ध निर्देशक डेनियल डसनलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु ।’ अस्ट्रेलिया उड्नुअघि गुणराजले भने– ‘उहाँ (डेनियल) ४ पटकका मुवाँथाई च्याम्पियन, ३ पटकका किक बक्सिङ च्याम्पियन र १ पटकका बक्सिङ च्याम्पियन हुनु हुन्छ । उहाँ जस्तो मार्सल आर्ट्स क्षेत्रका दिग्गज व्यक्तित्वसंग काम गर्ने अवसर पाएकोमा भाग्यमानी ठानेको छु ।’
गत भदौमा पनि गुणराज केही समय लिजेन्ड्स एकेडेमीसंग जोडिएका थिए । त्यसबेला उनले लिजेन्ड्स मै विशेष प्रशिक्षण लिएका थिए । गुणराजले करिब १२ बर्ष ६ महिना अवधि सेनामा रहेर हालै उपदानमा राजिनामा दिएका थिए ।
करिब एक दशकको मुवाँथाई यात्रामा ३२ वर्षीय गुणराजको मुख्य उपलब्धी भनेको १ वर्षअघि बैंककमै भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनैपनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो । १९ औं संस्करणअघि गुणराजले १७ औं र १८ औं संस्करणको विश्व च्याम्पियनसिपमा कांस्य जितेका थिए । उनी १३ औं र १५ संस्करणको विश्व च्याम्पियनसिपमा पनि सहभागी भएका थिए । यि सबै विश्व च्याम्पियनसिप थाइल्यान्डमा भएको थियो ।
गुणराज विभिन्न समयमा भएका नेपाल मुवाँथाई च्याम्पियनसिप, टप ५ मुवाँथाई प्रो फाइट, तेश्रो, चौथो र आठौं संस्करणको इन्डो–नेपाल मुवाँथाई च्याम्पियनसिप र तेश्रो केब्याग अन्तर्राष्ट्रिय मुवाँथाई च्याम्पियनसिपका स्वर्ण विजेता हुन् । पाँचै प्रतियोगिता नेपालमा भएका थिए ।
उनी थाइल्यान्डमै भएको प्रोफेसनल मुवाँथाई फाइट र फेयरटेक्स प्रोफेसनल फाइटका विजेता हुन् । उनले २०१६, २०१८ र २०२२ को वर्ष उत्कृष्ट मुवाँथाई खेलाडीको अवार्ड जितेका छन् । उनले कम्बोडियामा भएको दोश्रो विश्व कुन्खेमरमा पनि नेपालको चुनौती प्रस्तुत गरेका थिए ।
















मौसम पूर्वानुमानमा नयाँ उपलब्धिः चीनले सार्वजनिक गर्यो उपग्रह तस्बिर
धुरन्धर – २ ले तीन दिनमा कति कमायाे ?
अमेरिकी–इरानी तनावः ट्रम्पले दिए ४८ घण्टे अल्टिमेटम
बेमौसमी वर्षाका कारण नौ करोड बराबरको काँचो इँटामा क्षति
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया