कोशी प्रदेश प्रिमियर लिगमा ७ लाख नाफा

धरान (सुनसरी) । कोशी प्रदेश प्रिमियर लिगको आयव्यय सार्वजनिक गरिएको छ।
धरानको एन्फा एकेडेमीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश फुटबल सङ्घका कोषाध्यक्ष आनन्द चौधरीले लिगको आयव्यय सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको आयव्यय अनुसार कोशी प्रदेश प्रिमियर लिगबाट रु ६ लाख ९० हजार नाफा भएको छ। कोषाध्यक्ष चौधरीका अनुसार लिग सञ्चालन गर्दा रु ३६ लाख ६७ हजार सहयोग जुटेको थियो भने रु २९ लाख आठ हजार खर्च भएको थियो। लिग सञ्चालन गर्न कोशी प्रदेश सरकारको रु २० लाख तथा अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०को रु १५ लाख खर्च भएको थियो।
यसैगरी गोर्खा ब्रुअरीबाट रु ५० हजार, रेडबुलबाट रु ५० हजार, धरानका पूर्व खेलाडीहरुबाट रु ३७ हजार तथा अन्य दाताबाट रु ३० हजार जुटेको थियो। नगद पुरस्कारमा रु सात लाख ६५ हजार, पहाडी जिल्लाका क्लबलाई तयारी खर्चवापत रु चार लाख २० हजार, तराईका जिल्लालाई विशेष तयारीवापत रु दुई लाख तथा रेफ्रिलगायतमा रु तीन लाख ५० हजार खर्च भएको कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईले बताए।
कोशी प्रदेश प्रिमियर लिग गत माघ २८ गतेदेखि फागुन ८ गतेसम्म धरान उपमहानगरपालिका–१६ स्थित रङ्गशालामा सञ्चालन भएको थियो। लिगमा कोशी प्रदेशका ११ क्लबको सहभागिता थियो।
















दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
इजरायलका दुई सहरमा इरानको मिसाइल आक्रमण, कम्तीमा १८० जना घाइते
मकवानपुरबाट भरूवा बन्दुक सहित एक जना पक्राउ
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया