तीनकुने घटनामा संलग्न भएको अभियोगमा थप ७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको तीनकुने घटनामा संलग्न रहेको अभियोगमा थप सात जनालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।
यही चैत १५ गते शुक्रबार राजावादी समूहको तीनकुनेमा आयोजिक कार्यक्रममा हिंसात्मक प्रदर्शन, अराजक गतिविधि र तोडफोडको घटनामा संलग्न भएको आरोपमा थप सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।
उनले भने, “उक्त घटनामा संलग्न रहेको अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट थप सात जना पक्राउ परेका छन् । उनीहरूलाई आगजनी, तोडफोड गरी राज्य विरूद्धको कसुर र आपाराधिक उपद्रव लगायतका अपराधमा संलग्न अभियोथमा पक्राउ गरिएको हो ।”
पक्राउ पर्नेहरूमा रूपन्देही देबदह–९ का ४७ वर्षीय प्रेम थापामगर, झापा गौरादह–१ गौरादहका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका–१ का २२ वर्षीय सुरेश गौतम, खताप्लेजुङ फुलुङ–३ का २३ वर्षीय सुशील बराल, नुवाकोट बेलकोटगढी–७ का २७ वर्षीय रमेश राई, अछाम पञ्चदेवलका २० वर्षीय गोकर्ण शाही तथा सङखुवासभा पाचँखपन–२ घर भई हाल काठमाडौँ कागेश्वरी मनोहरा–९बस्ने ३९ वर्षीय मुकुन्द दहाल रहेका जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
पक्राउ परेकामध्ये एक जना ४७ वर्षीय प्रेम थापामगरलाई राज्य विरूद्धको कसुर र सङ्गठित अपराधसम्बन्धी कसुरअन्तर्गत तथा अन्य छ जनालाई अपराधिक उपद्रव कसुरअन्तर्गत पक्राउ गरिएको प्रवक्ता बोहराले बताए । तीनकुनेमा राजावादी समूहको प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको मृत्यु भएको थियो भने दर्जनौँ घाइते भएका थिए ।










एमाले महाधिवेशन : ४ सय मत खस्यो
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा : प्रधानमन्त्री कार्की
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
युके पठाउने भन्दै ५२ लाख ठगी गर्ने एक जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया