ब्राउनसुगर सहित दुई जना पक्राउ

काठमाडौं। अवैध लागूऔषध ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् ।
यसरी पक्राउ पर्नेमा रूपन्देही, ओमसतिया गाउँपालिका–२ ठुटिपिलबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब ५० ग्राम ५ सय ८० मिलिग्राम सहित एक भारतीय प्रकाउ परेका हुन् ।
भारत महाराजगंज निचलौल ठुटिबारी बस्ने ४० वर्षीय सलिम मंसुरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
उता, जुम्ला, चन्दननाथ नगरपालिका–६ बस्ने २२ वर्षीय रबिन्द्र रोकायालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
प्रतिक्रिया