लुम्बिनी प्रदेश सभा अन्त्य गर्न सिफारिस

काठमाडौं । लुम्बिनी प्रदेश सभाको अधिवेशन अन्त्य गर्न त्यहाँको कामचलाउ सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । मुख्यमन्त्री पोखरेलको अध्यक्षतमा बसेको मनित्रपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सभा आजै दिउँसो १ बजेका लागि बोलाईएको थियो । अविश्वास प्रस्तावमाथी छलफल गर्ने कार्यसूचि रहेपनि मुख्यमन्त्री पोखरेल स्वंमले राजीनामा दिएपछि अधिवेशन आवश्यक नरहेको निश्र्कषका साथ सरकारले अधिवेशन अन्त्यको सिफारिस गरेका हुन् । आज दिउासो १ वजेवाट लागु हुने गरी अधिवेशन अन्तयको सिफारिस गरिएको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए ।
अविश्वास प्रस्तावमा मुख्यमन्त्रीको राजीनामा माग थियो, मुख्यमन्त्रीले राजीनामा दिएपछि अधिवेशन आवश्यक देखिएन, सरकारले अधिवेशन अन्त्यको सिफारिस प्रदेश प्रमुखसमक्ष गर्ने निर्णय गरेको छ,’ चौधरीले मेरोन्यूजसँग टेलिफोनमा भने ।
प्रदेश सभामा जसपाका ४ र माओवादी केन्द्रका २ सांसदको पद स्वत गुमेपछि एमाले एक्लै वहुमतमा थियो । सोही कारण अविश्वास प्रस्तावको सामना गर्ने भन्दा राजीनामा दिएर नयाा प्रक्रियाबाट सरकार बनाउने गरी मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका थिए ।
उनको राजीनामा पछि एमाले दलको बैठकले आजै एमाले एक्लैको वहुमतको सरकार गठनको लागि दावी गर्ने तयारी गरेका छन् ।

















वीरगन्जमा अतिक्रमित संरचना भत्काउन सुरु
एसईई दिएका विद्यार्थीका लागि एनसेलको निःशुल्क अनलाइन लर्निङ र गेमिङ सुविधा
‘क्रुड आयल ’ भन्दा प्रशोधित इन्धनको मूल्य बढी : आयल निगम
३३ अंकले घट्यो सेयर बजार
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
ललितपुर महानगरलाई ११ थान ‘फोटोन टिएम १’ हस्तान्तरण, फोहोर संकलनका लागि इलेक्ट्रिक गाडी प्रयोग हुने
प्रतिक्रिया