नोरा फतेही नेपाल आउँदै

काठमाडौँ । बलिउड अभिनेत्री तथा आइटम गर्ल नोरा फतेही नेपाल आउने भएकी छिन्।
जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्।
वर्ल्ड वाइड फिल्मस् नेटवर्क प्रालिको आयोजना हुने कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आएको ह्युमन रस्पेक्ट नेपालको सहयोगार्थ आयोजना हुनेछ भने मनु मिडिया प्रालिले इभेन्ट व्यवस्थापन हेर्नेछ।
नेपालमा आयोजना हुँदै आएका ईन्टरनेशनल आर्टिष्टहरुको शोबिच ‘नोरा फतेही लाइभ इन नेपाल’ अझ उत्कृष्ट हुने दाबी गर्छन् इभन्ट म्यानेजर मनिष कार्की। जसका लागि मुम्बईबाट नोरासहित २० बढी कोसर डान्सरहरू प्रस्तुतिका लागि नेपाल आउनेछन्।
पूर्ण मनोरञ्जन सहितको कार्यक्रम हेर्न नेपालीसँगै सीमावर्ती क्षेत्रका भारतीय दर्शकहरू समेत नोरालाई हेर्न आउने विश्वास आयोजक संस्थाले राखेको छ। जहाँ दर्शकहरूले नृत्य र संगीतको भरपुर मजा लिन सक्नेछन्। फिल्म निर्माण र सामाजिक काममा लाग्दै आएका दव मगर आयोजक संस्थाका अध्यक्ष देव मगरका अनुसार नोरा फतेही लाइभ इन नेपाल मा चर्चित नेपाली कलाकारहरुको पनि प्रस्तुति रहनेछ।
आयोजक संस्थाले टिकेटको मूल्य २ हजार, ४ हजार, ७ हजार र १६ हजार तय गरिएको छ भने आइतबारदेखि खल्ती एपमार्फत टिकेट काट्न सकिनेछ।
कार्यक्रममा इन्टरनेशनल कोर्डिनेटरका रुपमा युद्ध बानिया रहेका छन्। नोराले बलिउडमा दिलबर दिलबर, कुसु कुसु, ओ साकी साकी, नाच मेरी रानी नाच सुपरडुपर हिट गीतहरुमा काम गरेकी छिन्।













कांग्रेस विशेष महाधिवेशन : यस्तो छ निर्वाचन कार्यतालिका
Vapes worth 22.4 million confiscated
युक्रेनको खार्किवमा रूसी आक्रमण, चार जनाको मृत्यु
Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया