गुजरातको तेस्रो जीत, हैदाराबादको पाँचौं हार

काठमाडौं । गुजरात टाइटन्सले तेस्रो जीत हासिल गरेको छ ।
इन्डियन प्रिमियर लिग (आइपिएल) मा आइतबार घरेलु टोली सनराइजर्स हैदराबादविरुद्ध ७ विकेटको सहज जित दर्ता गरेर तेस्रो जीत निकालेको हो ।
राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हैदाराबादले प्रस्तुत गरेको १५३ रनको लक्ष्य गुजरातले १६।४ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो ।
गुजरातका लागि कप्तान शुभमन गिलले ४३ बलमा ९ चौकाको मद्दतले अविजित ६१ रनको योगदान गरे । यसैगरी वासिङ्टन सुन्दरले ४९ र सेर्फन रादरफोर्डले अविजित ३५ रन बनाउन सफल भएका थिए ।
गिल र सुन्दरले ९० रनको साझेदारी गरे पनि हैदराबादका लागि मोहम्मद शमीले दुई र कप्तान प्याट कमिन्सले एक विकेट लिएका थिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रनको योगफल तयार पारेको थियो।
लगातार तेस्रो जितसँगै चार खेलमा ६ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ भने लगातार चौथो हार बेहोरेको हैदराबाद ५ खेलबाट दुई अंकका साथ पुछारमा छ ।
















प्रधानमन्त्री सुशीला कार्की र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
चालीस हजार स्थायी शिक्षकको व्यक्तिगत अभिलेख ‘डिजिटलाइजेशन’ गरियो
इरानकाे धम्की : हाम्रा आणविक केन्द्रमा आक्रमण भए ति पुनर्निर्माण सम्पन्न नभएसम्म हर्मोजकाे मार्ग खोलिने छैन
सभापति गगन थापाको राजीनामा कांग्रेसद्वारा अस्वीकार
निषेधित क्षेत्रमा पदयात्राबारे अध्यागमन विभागद्वारा सूचना जारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
रास्वपाले संसदीय दलको नेताका लागि निर्वाचन नगर्ने
सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर, आज कतिमा काराेबार हुँदैछ ?
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु, गगन अनुपस्थित
प्रतिक्रिया