तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ
मेरोन्यूज
२०८१ चैत २५ गते ११:५९

काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी- ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौं-३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।
त्यस्तै, बर्दिया बारबर्दिया- २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारु, धादिङ सिद्दलेख- ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्द नगरपालिकाका ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेका छन् ।
उनीहरुमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित










प्रधानमन्त्री सँग जाँचबुझ आयोगका प्रतिनिधिको भेट,अर्को साता ओली र लेखकसँग बयान लिने
देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ
नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला
एमाले महाधिवशेन : मतदान जारी, भोट हाल्न एकै व्यक्तिलाई २ घण्टासम्म समय
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
यस्ता छन् क्रिकेटको महाकुम्भ एनपिएलमा बनेका रोचक तथ्य र ‘रेकर्ड’
यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै
प्रतिक्रिया