तीनकुने घटनामा संलग्न भएको आरोपमा थप ६ जना पक्राउ
मेरोन्यूज
२०८१ चैत २५ गते ११:५९

काठमाडौं । प्रहरीले १५ चैतमा तीनकुनेमा प्रदर्शनको क्रममा भएको तोडफोड, आगजनीमा संलग्न भएको आरोपमा थप ६ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ पर्नेहरूमा सर्लाही कबिलासी- ६ घर भई हाल ललितपुरको टिकाथली बस्ने २२ वर्षीय अमित शाह, सुनसरीको धरान घर भई काठमाडौं-३१ बस्ने १९ वर्षीय सुमन कार्की छन् ।
त्यस्तै, बर्दिया बारबर्दिया- २ जोहिगाउँका ३४ वर्षीय हेमराज थारु, धादिङ सिद्दलेख- ४ का २७ वर्षीय दिवस बोगटी क्षेत्री, काभ्रेको नमोबुद्द नगरपालिकाका ३० वर्षीया अनिता कुँवर (ऐनी) र सिन्धुपाल्चोक बाह्रबिसेका ३० वर्षीय कुमार तामाङ पक्राउ परेका छन् ।
उनीहरुमाथि आपराधिक उपद्रव र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएकाे छ ।
सम्बन्धित

















नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
निर्वाचनका लागि चीनले ४० लाख डलर अनुदान सहयोग गर्ने
रास्वपा छोडेका बागमती उपसभापति हुमागाईँ कांग्रेसमा प्रवेश
चुनाव सार्ने भए ४ दिन अघि सारौँ : रवि लामिछाने
महिलाको दाबेदारः सुनसरीमा २० उम्मेदवार
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
पोखरा गोल्डकपको उपाधि सहारालाई
आगामी निर्वाचनमार्फत देश र लोकतन्त्रले जित्नुपर्छ : पूर्वप्रमुख निर्वाचन आयुक्त
नेकपाले दमन र तोडफोडका प्रवृत्तिविरुद्ध लड्दै मुलुकलाई समृद्धितर्फ लैजान्छ : संयोजक दाहाल
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
प्रतिक्रिया