साढे १० किलो गाँजासहित युवक पक्राउ
मेरोन्यूज
२०८१ चैत २६ गते १२:५०

बारा । बारा प्रहरीले १० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित मकवानपुरका एकजना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका–६ का ३८ वर्षिय रवि थिङ रहेकाछन् ।
थिङलाई जीतपुरसिमरा उपमहानगरपालिका–२१ स्थित अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए । डिएसपी पण्डितका अनुसार हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना ३६ प २१७७ नम्बरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालय अगाडिको चेक प्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए ।
प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिर छेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकीभित्र ४ किलो ७ सय ग्राम लागूऔषध गाँजा लुकाईछिपाई ल्याइएको भेटिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















दराजले ल्यायाे ५.५ बिग समर सेल
डब्ल्यूएचओद्वारा दोस्रो ‘हान्टाभाइरस’ सङ्क्रमण पुष्टि
अन्नपूर्ण क्षेत्रमा भित्रिए ९ महिनामा साढे दुई लाख विदेशी पर्यटक
२४ घण्टामा दुई हजार २९३ सवारी चालकलाई कारबाही
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
प्रतिक्रिया