डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा करिब १०० जनाको मृत्यु

डोमेनिकन रिपब्लिकनमा गायक रुबी पेरेजको जेट सेट नाइटक्लबमा भएको कन्सर्टको समयमा उक्त क्लबको छत भत्किँदा करिब एक सय जनाको मृत्यु भएको तथा उद्धार कार्य जारी रहेको जनाइएको छ ।
प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मङ्गलबार मध्यरातमा छत भत्किँदा मृत्यु हुनेमा उनका प्रबन्धकसमेत रहेको जनाइएको छ ।
मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेको जनाइएको छ । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जित्नुभएको थियो ।
स्थानीय मिडियाका अनुसार दुर्घटना हुँदा क्लबमा पाँच सयदेखि एक हजार मानिस थिए ।
पेरेजकी छोरी जुलिन्काले छाना भत्किएपछि भाग्न सफल भएको पत्रकारलाई बताए ।
राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् । उनका अनुसार मृतकमा मोन्टे क्रिस्टी नगरपालिकाको गभर्नर नेलसी क्रुज पनि थिए ।
बुधबार बिहानसम्म मृतकको प्रारम्भिक सङ्ख्या ९८ पुगेको आपत्कालीन सञ्चालन केन्द्रका निर्देशक जुआन म्यानुएल मेन्डेजले बताए ।















कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
खोटाङका तीन स्थानीय तहमा आइतबार पनि पठनपाठन
विश्वकप लिग-२ः ओमानमाथि युएईको जित
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
प्रतिक्रिया