आइतबार, वैशाख ७, २०८२

नेप्सेमा ९ अंककाे वृद्धि, आज काराेबार कति ?

मेरोन्यूज २०८१ चैत २६ गते १५:५८

काठमाडौं । काराेबारकाे चाैथाेदिन सेयर बजार बढेको छ ।

बुधबार नेप्से परिसूचक ९ दशलमव ६६ अंकले बढेर २,६७६ को विन्दुमा कायम भएको हाे ।

यसदिन १५४ कम्पनीको शेयर मूल्य बढेको छ भने ९० कम्पनीको सेयर मूल्य घटेको छ । आज दिनभरिमा ३१७ कम्पनीको १ करोड ७३ लाख ८२२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ।

बुधबार सबैभन्दा धेरै एनआरएनको सेयर कारोबार भएको छ । यसदिन कम्पनीको ४२ करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सीएचडीसीको ३० करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।

यस्तै हिमालयन रिइन्स्योरेन्सको २७ करोड ४४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया