सन्नी देओलले ‘जाट’बाट लिए करिअरकै सबैभन्दा बढी पारिश्रमिक

मुम्बई । सन्नी देओल आफ्नो अर्को फिल्म ‘जाट’ मार्फत एकपटक फेरि ठूलो पर्दामा कमब्याक गर्न लागेका छन् ।
‘गदर २’ को अपार सफलता पछि उनको यो पहिलो ठूलो रिलिज हो र यो फिल्मलाई लिएर दर्शकमा निकै उत्साह छ । तर फिल्म जति चर्चामा छ यसको कथा र एक्सनका कारणले पनि उत्तिकै चर्चामा छ, यसको स्टार कास्टको पारिश्रमिकका कारणले पनि उत्तिकै चर्चा परिर्चचा रहेकाे छ । रिपोर्टका अनुसार सनी देओलले यो फिल्मका लागि ५० करोड भारु लिएका छन्, जुन उनको करियरकै सबैभन्दा ठूलो पारिश्रमिक हो ।
मिडिया रिपोर्टका अनुसार सनी देओलले फिल्म ‘जाट्ट’का लागि ५० करोड भारु पारिश्रमिक लिएका छन् । यो उनको करियरको अहिलेसम्मकै ठूलो पारिश्रमिक मानिन्छ । विशेष कुरा के छ भने सन्नीले आफ्नो ४२ वर्षको करियरमा पहिलो पटक यति ठूलो पारिश्रमिक लिएकी छिन् । फिल्मको कुल लागत करिब दुई सय करोड भारु रहेको बताइएको छ ।
फिल्ममा रणदीप हुड्डा पनि महत्वपूर्ण भूमिकामा छन् । रिपोर्टका अनुसार उनलाई यो फिल्मका लागि ७ करोड भारु दिइएको छ । रणदीप आफ्नो दमदार अभिनयका लागि परिचित छन् र उनका फ्यानहरू उनलाई यो फिल्ममा हेर्न उत्साहित छन्।
दक्षिण फिल्म उद्योगका दिग्गज अभिनेता जगपति बाबुले आफ्नो भूमिकाका लागि १ करोड रुपैयाँ पाएका छन् भने जहाँ ‘बाहुबली’ फेम राम्या कृष्णनलाई यो फिल्ममा अभिनय गरेबापत ७० लाख पारिश्रमिक दिइएको छ ।
फिल्मकी नायिका सैयामी खेरले १ करोड पारिश्रमिक लिएकी छिन् । यसबाहेक फिल्म ‘छावा’ बाट आफ्नो पहिचान बनाएका विनीत कुमार सिंहले ‘जाट्ट’ मा आफ्नो भूमिकाका लागि १ देखि २ करोड रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ।
















बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
तनहुँमा ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
प्रतिक्रिया