सुनको मूल्य एकै दिन ५ हजार ७ सय रुपैयाँले बढ्यो, तोलामा १ लाख ८१ हजार नाघ्यो
मेरोन्यूज
२०८१ चैत २७ गते ११:१४

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ ।
नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ५ हजार सात सय रुपैयाँले बढेको जनाएको छ ।
महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ८१ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ७५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि ६५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला एक हजार नौ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
सम्बन्धित










एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो
रास्वपाद्वारा समन्वय कार्यदल गठन
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ
प्रतिक्रिया