अमेरिकी पूर्वराष्ट्रपति बाराक र मिशेल ओबामा डिभोर्स गर्दै छन् ?

काठमाडौं । यसअघि अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामा र उनकी पत्नी मिशेल ओबामा हरेकजस्तो सार्वजनिक कार्यक्रममा सँगै देखिन्थे । गत जनवरी ९ मा अमेरिकी पूर्वराष्ट्रपति जिम्मी कार्टरको अन्त्येष्टि कार्यक्रममा बाराक ओबामा एक्लै सहभागी भए । सो कार्यक्रममा उनकी पत्नी मिशेल ओबामा सहभागी थिइनन् ।
जनवरी २० मा ह्वाइट हाउसमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पको पदको शपथग्रहण समारोह भएको थियो । उक्त कार्यक्रममा मिशेल ओबामा सहभागी भइनन् । उक्त कार्यक्रममा पनि बाराक ओबामा एक्लै देखिए ।
यस्ता अन्य धेरै प्रमुख कार्यक्रमहरूमा पनि मिशेल आफ्नो पतिका साथ देखिइनन् । यी घटनाले उनीहरू छुट्टिन लागेको हुनसक्ने अनुमानहरूलाई बढावा दिन थाल्यो । त्यसपछि बाराक र मिशेल ओबामा डिभोर्स गर्दै छन् भन्ने हल्ला चलेको थियो ।
तर, हालै अमेरिकी मिशेलले बाराक ओबामासँगको सम्बन्धमा फाटो आएको भन्ने अफवाहहरूप्रति आपत्ति जनाएकी छन् ।
अमेरिकी अभिनेत्री सोफिया बुशको पोडकास्ट वर्क इन प्रोग्रेसमा बोल्दै मिशेलले भनिन्, “अहिले म परिपक्क महिला हुँ । म आफ्नो समयतालिका आफैँ निर्धारण गर्नसक्छु । मानिसहरूले मलाई आफू निर्णय गर्न नसक्ने मान्छेको रूपमा चित्रण गरेका छन् । म र मेरो श्रीमान् छुट्टिँदैछौँ भन्ने हल्ला चलाए ।”
तर, उनले गर्नुपर्ने जिम्मेवारीहरू पूरा नगरेकोमा भने आफूलाई पश्चाताप लागेको उनले बताइन् ।
“एक महिलाको हिसाबले हामी प्रायः अरूलाई निराश पार्न खोज्दैनौँ,” उनले भनिन्, “यो वर्ष त मानिसहरूले आफैँ निर्णय लिनसक्छु भन्ने तथ्यलाई नै विश्वास गर्न सकेनन् । उनीहरूले हामी छुट्टिएको अनुमान मात्र लगाए । के यो एउटी परिपक्व महिला आफ्नो लागि आफैँ निर्णय गर्न सक्दिन भन्ने समाजको मान्यता हो ?”
पोडकास्टमा उनले आफ्नो लागि जे ठिक लाग्छ त्यही निर्णय आफूले गरेको उनले बताएकी छन् । अरूले के चाहन्छन् भन्ने कुराको पछि नलागेको उनले प्रष्ट पारेकी छन् ।
डोनाल्ड ट्रम्पको शपथग्रहणमा उनको अनुपस्थितिलाई अमेरिकामा परम्परागत अभ्यासको उल्लंघन मानिएको थियो । यसअघि सबै पूर्वराष्ट्रपति र प्रथम महिला कार्यक्रममा उपस्थित हुनेगर्थे ।
ओबामा दम्पतिले गत अक्टोबरमा आफ्नो ३२औँ विवाह वार्षिकोत्सव मनाएका थिए । यसै प्रसंगमा मिशेलले आफ्नो आत्मकथामा श्रीमानको राजनीतिक महत्वाकांक्षा र ह्वाइट हाउसको व्यस्तताले उनीहरूको दाम्पत्य जीवनमा ल्याएको चुनौती पनि उल्लेख गरेकी छन् ।











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
प्रतिक्रिया