बेलायती सभामुखसँग नेपाली राजदूतको शिष्टाचार भेट

बेलायत । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरेले बेलायती संसद्को तल्लो सदन ‘हाउस अफ कमन्स’का सभामुख सर लिन्डसे होयलसँग शिष्टाचार भेट गरेका छन् ।
वेष्टमिनिष्टरमा हालै भएको भेटमा राजदूत घिमिरेले बेलायती संसद्को ऐतिहासिक भूमिकाको प्रशंसा गर्दै नेपालका सभामुख देवराज घिमिरेको सन्देश सुनाएका थिए । उनले नेपालको संसद् समावेशी भएको उल्लेद गर्दै नेपाल हेर्ने बेलायतको सर्वदलीय संसदीय समितिको सहयोगप्रति आभार व्यक्त गरे ।
बेलायत र नेपाल दुई देशबीच दुई शताब्दीभन्दा बढी समयदेखि आत्मिय र सौहार्दपूर्ण सम्बन्ध रहेको भन्दै राजदूत घिमिरेले उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्त्वमा जोड दिए । उनले नेपाललाई बेलायतबाट निरन्तर र थप सहयोगको आवश्यकताबारे धारणा राख्नुभएको लण्डनस्थित नेपाली दूतावासले जनाएको छ ।
राजदूत घिमिरेले विशेष गरी जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, नेपालको समृद्धिको आकांक्षा पूरा गर्न र सन् २०२६ सम्ममा नेपाल अल्पविकसित मुलुक (एलडिसी) बाट स्तोन्नतिपछिको प्रगतिलाई दिगो बनाउन, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकका गुनासोहरू सकेसम्म चाँडो सम्बोधन गर्न बेलायत सरकारबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताएका थिए ।
उक्त भेटमा सभामुख होयलले नेपाल र संयुक्त अधिराज्यबीचको ऐतिहासिक र अद्वितीय सम्बन्धको चर्चा गर्दै भविष्यमा दुवै देशका संसदीय समूहहरूबीच सहकार्यको सम्भावनाबारे धारणा राख्नुभएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । उनले बेलायत सरकारले नेपालको आवश्यकता र प्राथमिकतासँग मिल्ने क्षेत्रहरूमा निरन्तर सहयोग र सहकार्य गरिरहने विश्वास व्यक्त गरे । रासस
















सिंहदरबार पुगेर गृहमन्त्रीको राजीनामा माग्ने विद्यार्थी पक्राउ
सन् २०२५ मा आप्रवासनका क्रममा सात हजार ९०० व्यक्ति मृत्यु वा बेपत्ता : राष्ट्रसङ्घ
लुम्बिनी प्रदेशसभा बैठकः दलित अधिकारसम्बन्धी विधेयक पारित
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा अध्यक्षसहित तीन जना नियुक्त
सर्वोच्चका कर्मचारीलेनै पालना गरेनन् नियम
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
रास्वपाकाे केन्द्रीय समिति बैठक बस्दै
प्रतिक्रिया