वडा कार्यालयद्वारा स्वास्थ्य स्वयंसेविकालाई साइकल प्रदान
मेरोन्यूज
२०८१ चैत २९ गते ८:०२

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–९ मा कार्यरत स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरिएको छ । स्वास्थ्य सेवा प्रवाहमा सहजता ल्याउने उद्देश्यले उनीहरुलाई साइकल प्रदान गरिएको हो ।
वडास्तरीय कार्यक्रममार्फत कुल ८० हजार बजेटबाट ११ स्वयंसेविकालाई साइकल प्रदान गरिएको वडा सचिव जयराम चौधरीले जानकारी दिए । वडा कार्यालयले आयोजना गरेको कार्यक्रममा अध्यक्ष घनश्याम चौधरीले स्वयंसेविकालाई साइकल हस्तान्तरण गरेका थिए ।
स्वयंसेविका मञ्जु चौधरीले साइकल पाएपछि पैदल हिँडेर घरघर पुग्नुपर्ने बाध्यता अन्त्य भएको र सेवा प्रवाह गर्न सहज भएको बताइन् ।
सम्बन्धित
















रास्वपा सभापति लामिछाने र महन्थ ठाकुरबीच भेट
पोखरामा किसानलाई अनुदान सहयोगका लागि ५५ लाख विनियोजन
सुनको मूल्य तोलामा ६ हजार ७०० ले बढ्यो
पञ्चकन्यामा एक लाख बढीको अक्षयकोष स्थापना
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
पूर्वगृहमन्त्री लेखक पक्राउ परेपछि देउवा र कोइराला पक्षका नेता छलफलमा
प्रतिक्रिया