बारामा ६२ किलो गाँजासहित एक जना पक्राउ, तीन फरार

बारा । बारा जितपुर सिमराबाट प्रहरीले ६२ किलो भन्दाबढी लागुऔषध गाँजासहित हेटौंडाका एक जनालाई पक्राउ गरेको छ। गाँजा तस्करीमा संलग्न अन्य तीन जना फरार रहेका छन्।
प्रहरीले हेटौंडा उप-महानगरपालिका-१३ पदमपोखरीका २७ वर्षीय विवेक थिङलाई पक्राउ गरेको बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङले बताए।
इलाका प्रहरी कार्यालय अमलेखगन्जबाट वरिष्ठ सई टेकबहादुर कार्कीको नेतृत्वमा शनिबार खटिएको टोलीले जितपुर सिमरा-२१ छठिमाई घाटस्थित हेटौंडाबाट-वीरगन्जतर्फ जाँदै गरेको बा ०२-०४२-००९ प ७०९५ र ना ५४ प ५२७० नम्बरको दुई वटा मोटरसाइकलबाट उक्त परिमाणको गाँजा बरामद गरेको हो।
चेकजाँतका क्रममा अन्य तीन जना व्यक्ति मोटरसाइकल छोडेर फरार भएको एसपी तामाङले बताए।
थिङलाई नियन्त्रणमा लिँदा दुबै मोटरसाइकलबाट ६२ किलो ५५ ग्राम गाँजा बरामद भएको थियो। पक्राउ परेका थिङमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान थालिएको छ।
फरार भएकाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। बारा प्रहरी प्रमुखको रूपमा एसपी तामाङले कमाण्ड सम्हालेदेखि प्रहरीको सक्रियताले लागुऔषध कारोबारीहरू धमाधम पक्राउ परिरहेका छन्।
















मौद्रिक नीति अर्धवार्षिक समीक्षाः क्षेत्रगत कर्जा विस्तार र पूर्वाधार लगानीमा सहजीकरण
ऋषिराम कट्टेललाई रिहा गर्न सर्वोच्चको आदेश
नेकपाले शक्तिशाली दलित विकास प्राधिकरण गठन गर्नेछ : संयोजक दाहाल
अहिलेको चुनावले कुनै निकास नआउने भन्दै निर्वाचन पछि सार्न राजेन्द्र लिङदेनको प्रस्ताव
निर्वाचनमा तीन दिन सार्वजनिक बिदा दिन सिफारिस
निर्वाचन आयाेगले भन्याे– निर्वाचन चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नु/नगराउनू
सशस्त्र प्रहरीका २३ बरिष्ठ उपरीक्षकहरु निर्वाचन अनुगमनमा
लिचीबारी घुस प्रकरणमा रन्जिता श्रेष्ठलाई धरौटीमा छाड्न आदेश
प्रतिक्रिया