बुधबार, वैशाख ३, २०८२

डिएलएस मेथडबाट युएईमाथि नेपालको जित

मेरोन्यूज २०८१ चैत ३० गते १९:२०

काठमाडौं। आईसीसी यु-१९ विश्वकप त्रिकेटको एसिया छनोटअन्तर्गत आफ्नाे पहिलो खेलमा नेपालले युएइलाई डिएसएल मेथडबाट पराजित गरेको छ ।

४०–४० ओभरमा खेलाइएको खेलमा नेपालले पहिला ब्याटिङ गर्दै ९ विकेटमा २०० रन बनाएको थियो ।

जवाफमा यूएईले ३६ ओभरमा १७१ रन बनाउँदा खेल रोकियो । त्यसपछि खेल फेरि हुन नसक्दा नेपाल डीएलएसअनुसार ५ रनले विजयी भएको हो । यूएईका यायिन किरण राईले नटआउट १०३ रन बनाएका थिए । तर, खराब प्रकाशका कारण रोकिएको खेल फेरि सुरु हुन नसकेपछि नतिजा नेपालको पक्षमा गएको हो ।

पहिलो जितसँगै नेपालले २ अंक जोडेको छ ।

प्रतिक्रिया