टोखाको सपनतीर्थमा मेला : बिहानदेखि भक्तजनको घुइँचो

काठमाडौँ । काठमाडौँको उत्तरी क्षेत्र टोखामा लाग्ने सपनतीर्थ मेला सुरु भएको छ । टोखा नगरपालिका-२ मा रहेको सपनतीर्थ मन्दिरमा पूजा गर्ने तथा कुण्डमा स्नान गर्ने भक्तजनको आज बिहानदेखि घुइँचो लागेको हो ।
प्रत्येक वर्षको वैशाख १ गते लाग्ने सपनतीर्थ मेलामा काठमाडौँ उपत्यकाभित्र र उपत्यकाबाहिरका दर्शनार्थीको भीड लागेको छ । आज एक दिन मात्र लाग्ने मेलामा बिहानदेखि हजारौँ भक्तजनले मेला भरेको टोखा वडा नं २ का अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी दिए । मेला भर्न आएका भक्तजनले मन्दिरमा पूजा गर्ने, स्नान गर्ने, भाकल गर्नेसमेत गरेका छन् ।
सपनतीर्थ मन्दिरमा पूजापाठ गर्ने तथा स्नान गर्नाले सन्तान प्राप्त हुने र सम्पत्ति प्राप्त हुने धार्मिक विश्वास रहेको छ । सपनामा चिताएको हरेक कुरा पूरा हुने भएकाले सो मन्दिरमा दर्शन तथा स्नान गर्ने गरिन्छ । सपनतीर्थ मेला टोखामा आज एक दिन मात्र लाग्ने भए पनि वैशाख २ देखि ४ गतेसम्म तीन दिन खट जात्रा (सिन्दूर जात्रा) हुनेछ । टोखाको विशेष पर्व उत्सवका रूपमा यो जात्रालाई लिने गरिन्छ ।
बाजागाजाको मौलिक धुनमा भ्रातृत्व र सद्भाव र शिष्टताका साथ धुमधामसँग यो पर्व मनाइन्छ । टोखावासीको एकताको प्रतीकका रूपमा यस जात्रालाई लिने गरिन्छ ।

















आज खखडेहरा पर्व मनाउँदै राना थारू समुदाय
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
गण्डकीमा एमाले र नेकपाको प्रतिनिधित्व शून्य
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
डोटीमा कांग्रेसका भरत खड्का निर्वाचित
प्रतिक्रिया