ओमानले नेपाललाई दियो ११८ रनको लक्ष्य
मेरोन्यूज
२०८२ वैशाख १ गते १२:४५

काठमाडौँ। काठमाडौँमा जारी आईसीसी यू-१९ विश्वकप एसिया छनोटअन्तर्गतको खेलमा नेपाललाई ओमानले ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको ओमान ३८ ओभरमा ११७ रनमा अलआउट भएको हो ।
नेपालका बलर युवराज खत्री एक्लैले पाँच विकेट लिएपछि ओमान सस्तैमा समेटियो । खत्रीले ७ ओभर बलिङ गर्दा १५ रन खर्चेर ५ विकेट हात पारेका हुन् । सन्तोष यादवले दुई विकेट लिए ।
ओमानका लागि तेस्रो नम्बरमा आएका जित ब्रजेश साहले ५२ रन हान्दै टीमलाई सम्हाल्ने प्रयास गरेका थिए । तर, अन्य ब्याटरहरूले उल्लेख्य रन जोड्न सकेनन् । ओमानका तीन जना ब्याटरले मात्रै दोहोरो अंकमा रन बनाउन सकेका थिए ।
सम्बन्धित









प्रधानमन्त्रीको सचिवालयमा अब कति जना ?
दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण
रास्वपा र विवेकशील साझाबीच एकता हुने
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
रवी बोपरा बने एनपिएलमा ह्याट्रिक अर्धशतक हान्ने पहिलो खेलाडी
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
श्रीमतीसहितका नातेदारलाई सचिवालयमा नियुक्ति दिलाएका प्रधानमन्त्रीका स्वकीय सचिवलाई तत्काल बर्खास्त गर्न जेनजी फ्रन्टको माग
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
बागलुङमा थपिए ५ हजार ३९३ मतदाता
देउवाकै हस्ताक्षर लिएर कांग्रेस चुनावमा जाँदैन : गगन थापा
प्रतिक्रिया