कारधनीलाई नियन्त्रणमा लिएर ६० लाख लुटपाट गर्ने १८ जना समातिए

काठमाडौं । जग्गा खरिद गर्न बोलाएर रकम लुटपाट गर्ने ठूलो समूहलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंका विभिन्न ठाउँबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले गएको चैत २७ गते बौद्धका ४२ वर्षीय रितेश लामालाई जग्गा बैना गर्न रकम लिएर आउन भन्दै बोलाएका थिए । तर, बीचबाटोमा अर्को समूहलाई ‘रेकी’ गर्न लगाएर लामा सवार वाग्मती प्रदेश ०१–०२९च ३२७२ नम्बरको कारलाई काठमाडौंको मनोहरा टाउन प्लानिङस्थित नेपाल तारा स्कुलनजिक रोकिएको थियो । र, लामाले कारमा ल्याएको ६० लाख रुपैयाँ लुटेका जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपीलराज बोहराले जानकारी दिए ।
लुटपाटको सूचनालगत्तै अनुसन्धान गरेको काठमाडौं प्रहरीको विशेष टोलीले आइतबार साँझ (चैत ३१) उनीहरूलाई नियन्त्रणामा लिएको छ । पक्राउ पर्नेमा काठमाडौंको लोलाङका राज पराजुली, रामेछापका हरिराम खत्री, रामेछापकै राजेश भण्डारी र सार्की माझी, सोलुखुम्बुका कुशल बस्नेत, काभ्रेका रन्जित लामा, सुयोग लामा छन् ।
यस्तै, रामेछापका उत्तम मगर, राजु मगर, टिकबहादुर मगर, रमेशबहादुर मगर, लवबहादुर मगर, रूपक मगर, सागर मगर, काभ्रेका दावा लामा, बाबुु तामाङ, सुजन लामा र रिवेल लामालाई पक्राउ गरिएको छ ।
उनीहरूका साथबाट प्रहरीले ३० लाख रुपैयाँ, दुई स्कुटर र एउटा मोटरसाइकल बरामद गरेको छ । उनीहरूमाथि प्रहरीले लुटपाट मुद्दामा अनुसन्धान अघि बढाएको छ ।
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
आज वैशाख शुक्ल पूर्णिमा: बुद्ध जयन्ती मनाइँदै
प्रतिक्रिया