सरकारले सोचे अनुसार गति लिन सकेन : गगन थापा
मेरोन्यूज
२०८२ वैशाख २ गते ११:२७

काठमाडौं। कांग्रेस महामन्त्री गगनकुमार थापाले सरकारले गति लिन नसकेको बताएका छन् ।
दुई ठूला राजनीतिक दलहरू मिलेर सरकार बने पछि संविधानमा बदलाव ल्याउनेदेखि विकास निर्माणका कामलाई तीव्रता दिने अपेक्षा गरे पनि त्यसअनुसार काम हुन नसकेको उनको निष्कर्ष रहेको छ।
‘हामीले के ठानेका थियौँ भने दुई वटा ठूला ठूला पार्टी मिलेर सरकार बनि सके पछि संविधानमा पनि केही कुरा बदलाव ल्याउने, गभर्नेन्समा व्यापक सुधार गर्ने भनेर ब्यक्तिगत रूपमा त मैले यस पटक केही भूमिका लिनुपर्छ भनेर सरकार बाहिर नै रहे,’ उनले भने, ‘यो सरकार सफल बनाउने, यो सरकारले परिणाम दिने कुराको सन्दर्भमा व्यक्तिगत रूपमा योगदान गर्छु भनेर लागे तर सरकारले सोचे अनुसार गति दिन सकेन् ।’
सरकारले गियर चेन्ज गरेन भने थप निराशामा जनतामा जाने उनको ठम्याइ छ ।
सम्बन्धित
















यस्तो छ शनिबार विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको प्रभाव: यी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हावाहुरी
वैदेशिक रोजगार विभागका सुब्बा घुससहित समातिए
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
प्रतिक्रिया