बुधबार, वैशाख ३, २०८२

चट्याङ लागेर खाजा खाँदै गरेका दुई जना घाइते

मेरोन्यूज २०८२ वैशाख २ गते २१:५७

ओखलढुङ्गा । यहाँको चम्पादेवी गाउँपालिका–९ डल्लीडाँडामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । 

मंगलबार चट्याङको झिल्को लागेर त्यहाँस्थित हरी तामाङको होटलमा खाजा खाँदै गरेका दुई जना घाइते भएका हुन् । 

चट्याङ लाग्दा चम्पादेवी–८ विलन्दुका ३१ वर्षीय  चुत्रबहादुर दर्जी र त्यहाँकै पुरानो गाउँ बस्ने गणेश लाखेकी छोरी १६ वर्षीया सविना लाखे घाइते भएकी प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए । 

घाइतेको तत्काल उद्धार गरी नजिकैको स्वास्थचौकीमा उपचारका लागि पठाइएको उहाँले बताए ।

चम्पादेवी गाउँपालिकाको पालिकास्तरीय राष्ट्र«पति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन भइरहेको स्थान नजिकै परेको चट्याङको झिल्काले अन्य केही स्थानीय तथा खेलाडीलाई समेत चोट लागेको छ ।

प्रतिक्रिया