नारायणीमा बेपत्ता दाजुभाइ अझै भेटिएनन्
मेरोन्यूज
२०८२ वैशाख ३ गते १३:०९

चितवन। नारायणी नदीमा डुबेर बेपत्ता भएका दुई जना अझै फेला परेका छैनन् ।
मंलबार दिउँसो पौडी खेल्न गएका मध्यविन्दु नगरपालिका–१२ का अन्दाजी १४ वर्षीय प्रज्वल पौडेल र १५ वर्षीय विजय पौडेल बेपत्ता भए पनि अझै फेला परेका छैनन् ।
मध्यविन्दु–१५ स्थित नारायणी नदी र अरुणखोला नदीको संगमस्थल उल्टी दोभानमा पौडी खेल्न गएको बेला उनीहरू बेपत्ता भएका हुन् ।
प्रहरी चौकी अरुणखोलाका प्रहरी सहायक निरीक्षक धर्मराज शर्माका अनुसार पौडी खेल्ने क्रममा दुई जना डुबेर बेपत्ता भएको खबर अबेर मात्रै पाएको र रात परेकाले खोजी कार्य कठिन भएको भए पनि बिहानै देखी खोजी जारी राखिएको छ।
सम्बन्धित
प्रतिक्रिया