कैटी पेरी बनिन अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

न्युयोर्क। चर्चित पप गायिका कैटी पेरी आजकल धेरै नै हेडलाइन बनि रहेकी छिन्, तर उनको यो चर्चा परिचर्चा पहिला झै कुनै गीतको लागि भने होइन । यो चर्चा परिचर्चा उनको अन्तरिक्ष यात्राको कारण हो ।
पप स्टार कैटी पेरीले आफ्नो सबै महिला टोलीसँग अन्तरिक्ष यात्रा गरेकी छिन र त्यसो गर्ने पहिलो गायिका बनिन्। उनको क्याप्सुल सुरक्षित रूपमा पृथ्वीमा अवतरण भयो, त्यसपछि उनले आफ्नो अनुभव पनि सुनाएकी छिन् । कैटी पेरी अन्तरिक्ष यात्राबाट फर्कने विश्वकै पहिलो पप कलाकार बनेकी छिन् । उनले अर्बपति जेब बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनमार्फत यो उपलब्धि हासिल गरेकी हुन् ।
‘फायरवर्क’ र ‘क्यालिफोर्निया गर्ल्स’ गायिकालाई ब्लू ओरिजिन अन्तरिक्ष यानमा पृथ्वीको सतहबाट ६० माइल अर्थात १०० किलोमिटर भन्दा बढी उचाइमा लगेर फर्काएको थियो । कैटी पेरी अन्तरिक्ष यात्राका लागि गएको ‘ब्लु ओरिजिन मिसन’की महिला सदस्य थिइन् । उनको १४ मिनेटको अन्तरिक्ष यात्रा सारा विश्वले हेरेको थियो । उनीसँगै यस अभियानमा थप पाँच जना महिला पनि संलग्न थिए ।
अन्तरिक्ष यात्रामा जानुअघि गायिकाले आफू सानैदेखि अन्तरिक्ष यात्रामा जान चाहने उनको सपना थियो, जुन अहिले आएर साकार भएको बताइन् । आफ्नो अन्तरिक्ष यात्राबाट फर्कने बित्तिकै उनले पहिले पृथ्वीलाई चुम्बन गरिन र त्यसपछि अगाडि बढिन्। १४ मिनेटको यात्रामा उनले आफ्नो लागि केही विशेष सामान पनि लिएकी थिइन् । उनले यस यात्रामा आफ्नी छोरी डेजीलाई साथमा लैजान सकिनन्, त्यसैले उनले आफ्नो साथमा वास्तविक डेजी फूल लिएर गएकी थिइन् ।
कैटी पेरीको बारेमा कुरा गर्दा उनले आफ्नो गायन करियर २००१ मा सुरु गरेकी थिइन् र आज गायन उद्योगमा शीर्ष गायिकाहरू मध्ये उनी पनि एक हुन्। उनका म्युजिक एल्बम र एकल गीत सबैभन्दा धेरै बिक्रि हुने गीतहरु हुन्।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया