कैटी पेरी बनिन अन्तरिक्ष यात्रा गर्ने पहिलो गायिका

न्युयोर्क। चर्चित पप गायिका कैटी पेरी आजकल धेरै नै हेडलाइन बनि रहेकी छिन्, तर उनको यो चर्चा परिचर्चा पहिला झै कुनै गीतको लागि भने होइन । यो चर्चा परिचर्चा उनको अन्तरिक्ष यात्राको कारण हो ।
पप स्टार कैटी पेरीले आफ्नो सबै महिला टोलीसँग अन्तरिक्ष यात्रा गरेकी छिन र त्यसो गर्ने पहिलो गायिका बनिन्। उनको क्याप्सुल सुरक्षित रूपमा पृथ्वीमा अवतरण भयो, त्यसपछि उनले आफ्नो अनुभव पनि सुनाएकी छिन् । कैटी पेरी अन्तरिक्ष यात्राबाट फर्कने विश्वकै पहिलो पप कलाकार बनेकी छिन् । उनले अर्बपति जेब बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिनमार्फत यो उपलब्धि हासिल गरेकी हुन् ।
‘फायरवर्क’ र ‘क्यालिफोर्निया गर्ल्स’ गायिकालाई ब्लू ओरिजिन अन्तरिक्ष यानमा पृथ्वीको सतहबाट ६० माइल अर्थात १०० किलोमिटर भन्दा बढी उचाइमा लगेर फर्काएको थियो । कैटी पेरी अन्तरिक्ष यात्राका लागि गएको ‘ब्लु ओरिजिन मिसन’की महिला सदस्य थिइन् । उनको १४ मिनेटको अन्तरिक्ष यात्रा सारा विश्वले हेरेको थियो । उनीसँगै यस अभियानमा थप पाँच जना महिला पनि संलग्न थिए ।
अन्तरिक्ष यात्रामा जानुअघि गायिकाले आफू सानैदेखि अन्तरिक्ष यात्रामा जान चाहने उनको सपना थियो, जुन अहिले आएर साकार भएको बताइन् । आफ्नो अन्तरिक्ष यात्राबाट फर्कने बित्तिकै उनले पहिले पृथ्वीलाई चुम्बन गरिन र त्यसपछि अगाडि बढिन्। १४ मिनेटको यात्रामा उनले आफ्नो लागि केही विशेष सामान पनि लिएकी थिइन् । उनले यस यात्रामा आफ्नी छोरी डेजीलाई साथमा लैजान सकिनन्, त्यसैले उनले आफ्नो साथमा वास्तविक डेजी फूल लिएर गएकी थिइन् ।
कैटी पेरीको बारेमा कुरा गर्दा उनले आफ्नो गायन करियर २००१ मा सुरु गरेकी थिइन् र आज गायन उद्योगमा शीर्ष गायिकाहरू मध्ये उनी पनि एक हुन्। उनका म्युजिक एल्बम र एकल गीत सबैभन्दा धेरै बिक्रि हुने गीतहरु हुन्।










निर्वाचन आचारसंहिताको मस्यौदा सार्वजनिक
नेपाल ट्रस्टका पूर्वसचिव अर्जुन कार्की पक्राउ
नबिल बैंकद्वारा मास्टरकार्ड डेविट कार्ड जारी, ग्राहकले प्रिमियम सुविधा पाउने
९५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ
एकीकृत निर्वाचन सुरक्षा योजना स्वीकृत, सेना परिचालन गर्न रक्षा मन्त्रालयलाई पत्र
आज २०८२ साल कात्तिक २८ गते शुक्रबारको राशिफल
आज कात्तिक कात्तिक २९ गते शनिबार, कस्ताे रहला तपाइकाे राशिफल ?
सन्तोष परियारले छाडे रास्वपा
सन्तोष परियारले किन त्यागे रास्वपा ? यस्ताे छ उनकाे राजीनामा पत्र
नेपाली कम्युनिस्ट पार्टीले पायो दल दर्ताको प्रमाणपत्र
प्रतिक्रिया