सत्ताधारी उच्चस्तरीय संयन्त्रको बैठक बस्दै

काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ ।
काठमाडौं । सत्ताधारी प्रमुख दलका नेता सम्मिलित उच्चस्तरीय संयन्त्रको बैठक बोलाइएको छ । सरकारको भविष्यबारे अनेक शंका-उपशंका र गठबन्धनका नेताबीच असमझदारी सार्वजनिक भइरहँदा संयन्त्रको बैठक डाकिएको हो ।
बैठक साँझलाई तय भएको र नेताहरूको समय अनुकूलमा बस्ने प्रधानमन्त्रीनिकट स्रोतले बतायो ।
ठिक यही बेला शेखर कोइराला, महामन्त्री गगन थापालगायतका कांग्रेस नेताले सरकारको काम कारवाही र प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर सार्वजनिक रूपमा टिप्पणी गरिरहेका छन् । विपक्षी दलका नेता प्रचण्डले पनि सरकार फेरिने दाबी गरिरहेका छन् ।
समसामयिक विषयमा छलफलसँगै गठबन्धनमा कुनै तिक्तता नभएको सामूहिक सन्देश दिन संयन्त्रको बैठक बोलाइएको हो ।
कांग्रेस-एमालेको संयन्त्रमा एमालेबाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, महासचिव शंकर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल छन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, गृहमन्त्री रमेश लेखक र परराष्ट्रमन्त्री आरजु राणा देउवा छन् ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया