नातिनी जन्मने बितिक्कै सुनिल सेट्ठीले ज्वााईसँग मिलेर किने करोडौंको जग्गा

मुम्बइ । बलिउडको सबैभन्दा ग्ल्यामरस जोडी मध्ये एक आथिया शेट्टी र क्रिकेटर केएल राहुल हालै आमाबुवा बनेका छन् ।
दुवैको घरमा एउटा सानो परी आएकी छिन् । यस अवसरमा सम्पूर्ण परिवार धेरै खुसी छन ।
यसै बिच, अब राहुलका ससुरा र अथियाका बुबा सुनील शेट्टीले ठूलो निर्णय लिएका छन्। खासमा सुनिलले ज्वाईं केएल राहुलसँग मिलेर करोडौं मुल्यको जमिन किनेका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार सुनिल शेट्टीले हालै ज्वाइँ केएल राहुलसँग करोडौंको ७ एकड जमिन किनेका छन । सुनिल शेट्टी हालै हजुरबुवा बने पछि ससुरा र ज्वाइँ मिलेर जग्गा खरिद गरेका हुन । यो निर्णयले परिवार पनि थप खुसीमा रहेको छ। यो जग्गाको मूल्य करोडौं रहेको बताइएको छ ।
नवभारत टाइम्सको रिपोर्ट अनुसार सुनील शेट्टी र केएल राहुलको यो नयाँ जग्गाको मूल्य ९.८५ करोड भारतीय रुपैयाँ रहेको बताइएको छ । स्क्वायर यार्डहरूको दर्ता महानिरीक्षकले कागजातहरूको निरीक्षणको क्रममा यो जानकारी प्रकाशमा आएको हो।
सुनिल शेट्टी र केएल राहुलले यस जग्गाको लागि ६८.९६ लाख रुपैयाँ स्ट्याम्प शुल्क र ३० हजार रुपैयाँ दर्ता शुल्क तिरेका छन्। यो जग्गा मुम्बईको ठाणे पश्चिमको ओवाले क्षेत्रमा अवस्थित रहेको छ।
सुनील शेट्टी र केएल राहुलसँग पहिले नै करोडौंको सम्पत्ति छ। यदि केएल राहुल र आथियाको नेटवर्थको कुरा गर्ने हो भने यो प्लटसहित लगभग १३० करोड रुपैयाँ रहेको बताइएको छ । यस बाहेक उनको मुम्बई, गोवा र बेंगलुरुमा लक्जरी घरहरू छन्, जुन प्राइम लोकेशनमा बनेका छन्।
















विद्युतीय चुरोट(भेप) स्वास्थ्यका लागि निकै जोखिमपूर्णः नयाँ अनुसन्धान
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
६ सहसचिवको सरुवा
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
कांग्रेस नेता एवं पूर्वमन्त्री दीपक खड्का पक्राउ
इरानका खानेपानी केन्द्र र विश्वविद्यालयहरूमा अमेरिका-इजरायलद्वारा आक्रमण
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
प्रतिक्रिया