भृकुटीमण्डमा ‘खाना महोत्सव’ हुने

काठमाडौँ । नेपाली खानाको प्रवर्द्धनका लागि काडमाडौँको भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुने भएको छ ।
नेपाली सेफ सोसाइटी र अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा नेपाली सेफहरूको व्यक्तित्व विकास तथा खानाको प्रवर्द्धनका लागि यही वैशाख ६ गते शनिबार भृकुटीमण्डपमा ‘खाना महोत्सव’ हुन लागेको हो ।
अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीका संयोजक अरुण अधिकारीले नेपाली खानाको प्रवर्द्धनका लागि अन्तरराष्ट्रियस्तरका सेफलाई यहाँ बोलाएर खाना महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार महोत्सवमा स्वदेश तथा विदेशका पाँच सयभन्दा बढी सेफको सहभागिता रहनेछ ।
अधिकारीले हाल अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटीको ३८ वटा देशमा शाखा रहेको बताउँदै सोसाइटीले हाल नेपाली खानालाई अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै आएको जानकारी दिए । उनका अनुसार महोत्सवमा ५० वटा कक्षमा विभिन्न जातजाति (नेवारी, थारु, राई लिम्बू, थकाली) का मौलिक खाना रहनेछन् ।
यसबाहेक मःम चाउमिन, सेलरोटी, खिर, हलुवा, पूवा, सिस्रोको सुप, दाल, तरकारी, अचार, ढिँडो सेट, मही, दही, घिउ, मह, मिठाई, अकबरे खुर्सानी, फलफूललगायतको कक्ष कक्ष रहने उनको भनाइ छ ।















तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
मुद्रास्फीति तीन दशमलव २५ प्रतिशत
सात महिनामा साढे १२ खर्ब रेमिट्यास भित्रियो
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
आफ्ना उर्जा पूर्वाधारमा अमेरिकी आक्रमण नरोके खाडी देशका उर्जा पूर्वाधारमा आक्रमण गर्ने इरानको चेतावनी
आज सोमबार कुन राशिका लागि शुभ ? हेराैँ राशिफल
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
‘म्यागासेसे’ को संसद् यात्रा…
प्रतिक्रिया