अमेरिकाले कर वृद्धि गर्दैमा फरक पर्दैन, डराएका छैनौं : चीन

चीनले बिहीबार अमेरिकी कर वृद्धि गर्नुको कुनै अर्थ नरहेको बताएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले चीनबाट आउने केही वस्तुमा अमेरिकाले लगाएको २४५ प्रतिशत कर अब आर्थिकरूपमा अर्थहीन भएको बताएका हुन् ।
ह्वाइट हाउसले अप्रिल १५ मा आफ्नो वेबसाइटमा धारा २३२ को अनुसन्धानको बारेमा एक तथ्य पत्र जारी गर्दै ‘चीनले आफ्नो प्रतिशोधात्मक कार्यको परिणामस्वरूप संयुक्त राज्य अमेरिकामा आयातमा २४५ प्रतिशतसम्म करको सामना गरिरहेको’ जनाएको छ।
एक सान्दर्भिक प्रश्नको जवाफमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भने, “संयुक्त राज्य अमेरिकाले चीनमाथि कर वृद्धि गर्नु एक सङ्ख्याको खेल बनेको छ, जसले आर्थिक रूपमा अब धेरै वास्तविक फरक पार्दैन तर अमेरिकाले कसरी अरूलाई जबरजस्ती र धम्काउन करलाई हतियार बनाउँछ भन्ने देखाउँछ ।”
“चीन व्यापार युद्ध चाहँदैन तर हामी उनीहरूसँग पनि डराएका छैनौँ,” उनले भने । “आधारहीन अतिरिक्त कर र व्यापार युद्धले कुनै पनि मुलुक विजेता हुँदैनन्,” उनले भने ।
“यदि अमेरिकाले कर वृद्धिको साथ यो सङ्ख्याको खेल खेल्दै गयो भने, यसलाई बेवास्ता गरिनेछ। तर यदि अमेरिकाले चीनको अधिकार र हितमा वास्तविक क्षति पुर्याइरह्यो भने चीनले कडा प्रतिकार गर्नेछ र अन्त्यसम्म आफ्नो अडानमा अडिग रहनेछ,” उनले भने ।











वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया