एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह

काठमाडौं । कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् ।
साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले अर्थ मन्त्रालयमै गएर मन्त्री पौडेलसँग भेटवार्ता गरेकी हुन् ।
आज बिहीबार भएको भेटमा उनले काठमाडौंका व्यापारी व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याहरूबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएकी छिन् । भेटमा सचिव महराले आगामी आर्थिक वर्षको बजेटमार्फत साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझावसमेत दिएकी छिन् ।
वरिष्ठ सौन्दर्यविद् समेत रहेकी महराले बाहिरबाट हेर्दा नीतिगत भ्रष्टाचार मुलुकको जटिल समस्या भएको चर्चा गर्दै त्यसलाई न्यूनीकरण गरी निर्मुल पार्ने योजना बनाउन मन्त्री पौडेल र सरकारलाई सुझाव दिएकी छिन् ।
भेटका अवसरमा अर्थमन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीले सरकार व्यापारी, व्यवसायी र उद्योगीको पक्षमा रहेको पुष्टि गरिसकेको भन्दै प्राप्त सुझावहरूलाई अधिकतम कार्यान्वयनतर्फ लगिने विश्वास व्यक्त गरे । व्यवसायीको मर्का बुझेरै सरकारले विभिन्न अध्यादेश जारी गरी सहजीकरण गरेको मन्त्री पौडेलको भनाइ थियो ।









काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
एपीएफलाई पराजित गर्दै इस्ट बंगाल बन्यो साफ महिला क्लब च्याम्पियन
नवलपरासी-१ बाट उम्मेदवारमा विनोद चौधरीको एकल सिफारिस
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया