एनसीआईसीकेकी सचिव महराद्वारा अर्थमन्त्री पौडेलसँग भेट, बजेटमार्फत नीतिगत भ्रष्टाचार रोक्न आग्रह

काठमाडौं । कर्पोरेट मिडियाकी उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य संघ काठमाडौं (एनसीआईसीके) की सचिव सुष्मा महराले अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरेकी छिन् ।
साना तथा मझौला व्यवसायीहरूको समस्याबारे जानकारी गराउन सचिव महराले अर्थ मन्त्रालयमै गएर मन्त्री पौडेलसँग भेटवार्ता गरेकी हुन् ।
आज बिहीबार भएको भेटमा उनले काठमाडौंका व्यापारी व्यवसायीहरूले भोगिरहेको विभिन्न समस्याहरूबारे अर्थमन्त्री पौडेललाई जानकारी गराएकी छिन् । भेटमा सचिव महराले आगामी आर्थिक वर्षको बजेटमार्फत साना तथा मझौला व्यवसायीहरूलाई समेटेर अघि बढ्न सुझावसमेत दिएकी छिन् ।
वरिष्ठ सौन्दर्यविद् समेत रहेकी महराले बाहिरबाट हेर्दा नीतिगत भ्रष्टाचार मुलुकको जटिल समस्या भएको चर्चा गर्दै त्यसलाई न्यूनीकरण गरी निर्मुल पार्ने योजना बनाउन मन्त्री पौडेल र सरकारलाई सुझाव दिएकी छिन् ।
भेटका अवसरमा अर्थमन्त्री पौडेलले वर्तमान सरकारको कार्यशैलीले सरकार व्यापारी, व्यवसायी र उद्योगीको पक्षमा रहेको पुष्टि गरिसकेको भन्दै प्राप्त सुझावहरूलाई अधिकतम कार्यान्वयनतर्फ लगिने विश्वास व्यक्त गरे । व्यवसायीको मर्का बुझेरै सरकारले विभिन्न अध्यादेश जारी गरी सहजीकरण गरेको मन्त्री पौडेलको भनाइ थियो ।















यस्तो छ आज कृषिउपजको मूल्य
नारायणगढ-मुग्लिन सडक अवरुद्ध
ट्रम्पले भने – इरानी आक्रमणबीच तीन अमेरिकी युद्धपोतले सफलतापूर्वक होर्मुज जलमार्ग पार गरे
अचानक भड्कीयो अमेरिका र इरानबीच युद्ध
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया