विश्वसम्पदा सूचीकृत क्षेत्रमा पदयात्रा

काठमाडौँ । विश्वसम्पदा दिवसका अवसरमा आज स्वयम्भूदेखि वसन्तपुरसम्म पदयात्रा गरिएको छ ।
पूरातत्व विभाग, स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति, विभिन्न सांस्कृतिक संघसंस्थालगायतको सहभागितामा स्थानीय भुइँखेलबाट सुरु भएको यात्रा विभिन्न सम्पदा मार्ग हुँदै वसन्तपुरमा पुगेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उक्त पदयात्राको शुभारम्भ गरे । उनले प्राचीन सम्पदा तथा पूरातात्विक महत्वका वस्तुले देशको ऐतिहासिकता, सभ्यताको अवस्थालाई अध्ययन र अनुसन्धानमा सहयोग गर्ने बताउँदै तीनको संरक्षण तथा सम्बद्र्धन गर्नुपर्ने बताए ।
पदयात्रा सुरु भएको स्वयम्भूनाथ क्षेत्र र समापन गरिएको हनुमानढोका दरबार क्षेत्रको दूरी करिब ३ किलोमिटर छ । यस दूरीभित्र पूराना मन्दिर, पोखरी, कुवालगायत सांस्कृतिकस्थल तथा सम्पदा छन् । यात्राका क्रममा सहभागीले सम्पदा संरक्षणसम्बन्धी सन्देश फैलाइएको थियो ।
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले पनि विश्वसम्पदा दिवसका सन्दर्भमा स्वयम्भूनाथ चैत्य तथा त्यस आसपास क्षेत्रमा सरसफाइ गरेको छ । महासमितिका सचिव चन्द्ररत्न बुद्धाचार्यले स्वयम्भूको संरक्षण तथा स्थानीय जात्रा पर्व, संस्कृतिको जगेर्नामा महासमितिले सहयोग गर्दै आएको जानकारी दिए ।















मन्त्री वादीसँग राजदूत लोरेन्जोको शिष्टाचारबीच
नौ महिनामा एक हजार बढीको शल्यक्रिया
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया