चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ

रौतहट । रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकल सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले न्युज कारखाना लाई बताएका छन्।
गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकल सहित शंकास्पद अवस्थामा बसेको हेरेर नियन्त्रणमा लिएको थियो।
उनीहरू सँग मोटरसाईकल नम्वर BR30A8033 र ईन्जिन नम्बर MD634AE8XM2B14650,च्यासिस नम्बर AE8BM2114289 भएको TVS कम्पनीको १६० CC को मोटरसाईकलको सवारी दर्ता,भन्सारका कागजातहरू माग गर्दा नभएको बताएका थिए।
दुबैजना लाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाईकल चोरी गरि ल्याएको पुष्टि भएकोले उनीहरू माथी चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ
















अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
प्रतिक्रिया