चोरीको मोटरसाइकलसहित दुई युवक पक्राउ

रौतहट । रौतहटको उत्तरिभेग ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरको टोलीले चोरीको मोटरसाईकल सहित दुईजना युवक लाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा गरूडा नगरपालिका ४ बस्ने बर्ष २० को आशुतोष कुमार साह र सोही ठाउँका बर्ष १९ को जयराम साह कलवार रहेको ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरका प्रमुख डिएस्पी राजकुमार राईले न्युज कारखाना लाई बताएका छन्।
गत बुधबार दिउँसो २ बजे ईलाका प्रहरी कार्यालय डुमरियाबाट खटिएको प्रहरी गस्ती टोलीले चन्द्रपुर नगरपालिका १० बालचनपुर चोक नजिक पश्चिम किनारमा २ जना पुरूष व्यक्ति निलो रंगको अपाचे मोटरसाईकल सहित शंकास्पद अवस्थामा बसेको हेरेर नियन्त्रणमा लिएको थियो।
उनीहरू सँग मोटरसाईकल नम्वर BR30A8033 र ईन्जिन नम्बर MD634AE8XM2B14650,च्यासिस नम्बर AE8BM2114289 भएको TVS कम्पनीको १६० CC को मोटरसाईकलको सवारी दर्ता,भन्सारका कागजातहरू माग गर्दा नभएको बताएका थिए।
दुबैजना लाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा उक्त मोटरसाईकल चोरी गरि ल्याएको पुष्टि भएकोले उनीहरू माथी चोरी सम्बन्धी मुद्दा दायर गरी म्याद थप गरी थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरले आज जारी गरेको सूचनामा उल्लेख गरिएको छ









दोलखामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो
गोरखाको रिपुम गुम्बामा आगालागी, तीनतले आवास भवन जलेर नष्ट
आजकाे एनपीएल: कर्णालीले जनकपुरलाई ३ रनले हरायो
अन्तिम खेलमा जनकपुरविरुद्ध कर्णाली विजयी
देउवा भेट्न महाराजगञ्ज पुगे ओली
बालुवाटारमा सर्वपक्षीय बैठक, को–को छन् सहभागी ?
एनपिएलमा आज : लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै
कारागारमा सुरक्षाकर्मीसँग चिनजान, घरमा गएर विभत्स हत्या
आज मंसिर १९ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया