आइतबार, वैशाख ७, २०८२

प्रेस चौतारीले चार सदस्यलाई गर्‍यो कारबाही

मेरोन्यूज २०८२ वैशाख ५ गते २१:२९

काठमाडौं । नेकपा एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालले सञ्चारिका समूहको निर्वाचनमा संगठनको हित विपरीत उम्मेदवार बनेको भन्दै चार सदस्यमाथि कारबाही गरेको छ ।

प्रेस चौतारी नेपालका पूर्व केन्द्रीय सचिव लोग्शरी कुँवरसहित पूर्वकेन्द्रीय सदस्य पवित्रा सुनार केन्द्रीय सदस्य तारा चापागाईं र निर्वाचन आयोगका सदस्य दीपा रेग्मीलाई संगठनको साधारण सदस्य समेत नरहने गरी कारबाहीका लागि सिफारिस गरिएको महासचिव हिरामान लामाले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया